थाइल्याण्डमा एक्वाकल्चरिष्ट (माछापालन सम्बन्धी) अध्ययन गरेर नेपाल फर्किएका उर्लाबारी–७ का ३० वर्षीय प्रतीक खड्गी दिनभर माछासँगै रमाउनु हुन्छ ।
उर्लाबारी बजारबाट ७ किलोमिटर उत्तरमा प्रतीककको पुख्र्यौली घर र जमीन छ । त्यही धान खेतलाई मासेर प्रतीकले अहिले कुमोरी एग्रो फर्म सञ्चालन गरिरहनु भएको छ । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिए पनि प्रतीकले मत्स्यपालन ब्यवसायलाई रोज्नु भएको छ । २०७६ सालमा सुरु गर्नु भएको ब्यवसायमा १ करोड २५ लाख रुपियाँ लगानी भइसकेको छ । तर,ब्यावसायबाट अझै कमाई सुरु भएको छैन् । मत्स्यपालनसँगै बङ्गुर, हाँस, कुखुरा, टर्की, तित्रा र कडकनाथको पालन गरिरहनु भएका खड्गी मासुका लागि भन्दा पनि भुरा र चल्ला उत्पादनमा जोड दिइरहनु भएको छ ।