दाङमा बायोफ्लक प्रविधिबाट माछापालन

दाङ  :  तुलसीपुर उपमहानगरपालिका–१७ का रामकुमार घर्तीले तुलसीपुरमा पहिलो पटक बायोफ्लक प्रविधिबाट माछापालन गरेका छन्। पेशाले शिक्षक रामकुमारले गत चैतदेखि करिब १५ लाख रुपैयाँ लागतमा बायोफ्लक प्रविधिबाट माछापालन सुरु गरेका हुन्।सामाजिक सञ्जालमा बायोफ्लक प्रविधिबाट माछा पालेको देखेपछि आफूले शिक्षण पेशासँगै माछापानलाई सहायक पेशाको रुपमा सुरु गरेको रामकुमारले बताए। उनका अनुसार यो प्रविधि इरान, इराक, इन्डोनेसिया हुँदै नेपालमा आइपुगेको हो। नेपालमा काठमाडौं, चितवन, बुटवलमा केही वर्ष पहिलेद

सम्बन्धित सामग्री

पश्चिम चितवनमा कृषि पर्यटनको सम्भावना बढ्दै

चितवन । पश्चिम चितवनमा व्यावसायिक कृषि विस्तार भएसँगै कृषि पर्यटनको सम्भावना समेत बढ्दै गएको छ । यस क्षेत्रमा ड्रागन फ्रुट खेती, व्यावसायिक पशुपालन, माछापालन, मौरी, तरकारीकोे पकेट क्षेत्र विस्तारले कृषि पर्यटनको सम्भावना बढाएको हो । हाल भरतपुर महानगरपालिका–२४ जगतपुरमा ६२ बिघा जमिनमा सामूहिक तरकारीखेती गर्दै आएको केरुंगा सामूहिक तरकारी कृषि फार्म कृषि पर्यटनको गन्तव्यको रूपमा विकास भइरहेको छ । सामूहिक खेतीमार्फत कृषि उत्पादनमा वृद्धि भएपछि देशभरका किसान, कृषि विज्ञ, विद्यार्थी, सहकारीकर्मीका लागि उक्त फार्म अध्ययन, अवलोकनको केन्द्र बनेको छ । फार्ममा ग्रीन हाउस, थोपा सिँचाइ, कार्य व्यवस्थापन भवन तथा तालीम केन्द्र, संकलन केन्द्र, मल भण्डार भवन, तरकारीबारी दृश्यावलोकनका लागि मचानको व्यवस्था गरिएको छ । ६२ बिघा जग्गामा लगाइएको तरकारीखेतीले अहिले फार्म कृषि पर्यटनतर्फ उन्मुख हुँदै गएको संस्थाका संरक्षक तथा भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्ल बताउँछन् । उक्त फार्मलाई कृषि पर्यटकीय गन्तव्यको रूपमा घोषणा गर्न सकिने उनको भनाइ छ । आफूहरू अहिले पर्यटक बस्न सक्ने क्षमताका होमस्टे निर्माणमा जुटिरहेको मल्लले बताए । १० कठ्ठा जमीनमा निर्माण गरिएको होमस्टेसँगै पर्यटकलाई खेतीबारे समष्टि जानकारी दिन व्यवस्थित सभाहल निर्माण भइसकेको उनको भनाइ छ । ९६ जना स्थानीय किसान उक्त फार्ममा आबद्ध छन् । यसैगरी भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरुङ र उनका भाइ ताइबहादुर गुरुङले ड्रागन फ्रुट खेती थालेका छन् । गुरुङ दाजुभाइले गंगाश्री बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा ड्रागन पु्रmटको खेती र यसको नर्सरी सञ्चालन गरेका छन्, जसकारण उनीहरूको फार्म आन्तरिक पर्यटकमाझ परिचित बन्दै गएको छ । २०६० सालदेखि भरतपुर–२५ शुक्रनगरमा १८ बिघा जग्गामा तरकारीखेती गरेका ५४ वर्षीय गणेशप्रसाद भुसाल बहुवर्षीय फलफूलखेती अन्तर्गत केरा, किवी, मेवा, ड्रागन फ्रुटको खेती गर्ने योजनामा छन् । भविष्यमा यो क्षेत्र कृषि पर्यटनको हब हुने उनको विश्वास छ । भरतपुर–२५ अमृतनगरका कृष्णप्रसाद न्यौपानेले २०७१ सालदेखि ‘नोबेल एग्रिकल्चर फार्म’ दर्ता गरेर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । साथै डेढ वर्षअघि बायोफ्लक्स प्रविधिमा माछापालन शुरू गरेका छन् । ३५ बिघा क्षेत्रफल रहेका चारओटा पोखरीमा उनले माछापालन गरेका हुन् । सो प्रविधिबाट माछापालन गरिएको उनको फार्म कृषि पर्यटनको  गन्तव्य बन्दै गएको छ । भरतपुर–२५ अमृतनगर जनज्योति टोलका १९ जना युवा सामूहिक कृषिकर्ममा जुटेका छन् । बाबुआमाले गर्दै आएको तरकारीखेतीलाई निरन्तरता दिन उनीहरू ‘युवा आधुनिक कृषि सामूहिक खेती’ समूह गठन गरेर कृषिमा लागेका हुन् । ८० बिघा जमिनमा उनीहरूले सामूहिक खेती थालेका छन् । पश्चिम चितवनका कृषकले माछापालन व्यवसायबाट मनग्गे आम्दानी गर्न थालेका छन् । भरतपुर–२० शारदानगरमा मात्रै ८५ बिगाहा क्षेत्रफलमा माछापालन गरिएको छ । २०४२ देखि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले माछापालन कार्यक्रममार्फत सहयोग गरेपछि कृषकको आकर्षण बढ्दै गएकोे शंकरचोक जागृति माछापालक समूहका सचिव हरिप्रसाद पण्डित बताउँछन् । यो समूह चितवनकै पुरानो र पहिलो माछापालक समूह रहेको उनको दाबी छ । चितवन मौरीपालन व्यवसायका लागि पकेट क्षेत्र हो । भरतपुर–२६ भूपालनाथ कँडेलले २०५५ सालदेखि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । पश्चिम चितवनका शुक्रनगर, अमृतनगर, बसगठ्ठा, कटरटाँडी, चैतन्य बस्ती, नयाँबस्ती, ध्रुव, बयरघारीलगायत क्षेत्र तरकारीखेतीको पकेट क्षेत्रका रूपमा समेत परिचित छन् ।

रसुवामा बायोफ्लक प्रविधिबाट माछापालन परीक्षण

रसुवामा पहिलोपटक बायोफ्लक प्रविधिबाट माछापालनका लागि परीक्षण सुरु भएको छ । जिल्लाको उत्तरगया गाउँपालिका–४, मणिगाउँमा बायोफ्लक प्रविधिबाट माछापालनका लागि परीक्षण सुरु भएको हो ।   मणिगाउँका स्थानीय अमृत लामा र अमित लामा दुई...

खेती गर्न न माटो चाहिने न मल, ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन

बागलुङ / तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि

बायोफ्लोक प्रविधिमा आकर्षण

बायोफ्लोक प्रविधिबाट माछापालन गर्न किसान आकर्षित भएका छन् । झापाको गौरादह नगरपालिका–२ स्थित क्याम्पसमोडका रोनिस बायोफ्लोक फिस फार्मिङका सञ्चालक मोहन पराजुलीले सानो पानीको टयाङ्कीमा व्यावसायिक माछापालन गरेर राम्रो आम्दानी लिँदै हुनुहुन्छ । उहाँले घरको करेसाबारीमा नै १० हजार लिटर क्षमताका चारवटा ट्याङ्की निर्माण गर्नुभएको छ । यो प्रविधिबाट राम्रो आम्दानी हुन थालेपछि अन्य दुईवटा ट्याङ्की थप गर्न लागेको पराजुलीले बताउनुभयो । उहाँले यो प्रविधिमा सानो स्थान, थोरै क्षेत्रफल, थोरै पानीमा धेरै आम्दानी गर्न सकिने बताउनुभयो ।

लकडाउनले युवालाई कृषि र पशुपालनमा आकर्षित गरायो

कैलालीका स्थानीय युवा लकडाउनको समयलाई सदुपयोग गर्दै कृषि कर्मतर्फ आर्कषित बनेका छन् । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सरकारले लामो लकडाउन गरेसँगै क्याम्पस अनिश्चितकालीन बन्द भएपछि उच्च शिक्षा अध्ययन गरिरहेका यहाँका केही युवाहरू कृषि व्यवसायमा आकर्षित भएर व्यवसाय सुरु गरेका हुन् । घोडाघोडी नगरपालिका-५ का विनोद चौधरी स्नातक तह तेस्रो jर्षका विद्यार्थी हुनुहुन्छ । कोरोनाको सङ्क्रमणले लकडाउन शुरु भएसँगै उहाँ अध्ययनरत् क्याम्पस पनि बन्द भयो । दैनिक क्याम्पस अध्ययनका लागि जाने विनोदलाई क्याम्पस बन्द भएसँगै लकडाउनको अवधि बढ्दैगएपछि अब केही गर्नुपर्छ भन्ने लाग्यो । उसो त उहाँलाई उच्च शिक्षा अध्ययनपश्चात नेपालमै कृषि क्षेत्रमा केही गर्नुपर्छ भन्ने मनमा थियो तर लकडाउनले उहाँलाई त्यो अवसर प्रदान गर्याे । लकडाउनले सबैतिर प्रभाव पारिरहेको अवस्थामा कृषि नै उत्तम विकल्प रहेको विनोदले लोकल कुखुरा पालन शुरु गर्नुभएको छ भने बायोफलक्स प्रविधिबाट माछापालन गर्ने तयारीमा जुट्नुभएको छ ।