टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका तीन जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ ।कलकल बगिरहने सङ्लो सफा अनि चिसो पानीलाई सदुपयोग गर्दै विदेशबाट फर्किएका यी युवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछापालन गरेका हुन् ।दश वर्ष कतार र मलेसियामा बिताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारबाट दुई वर्ष पसिना बगाएर गाउँ फर्केका हरिबहादुर रोकाले संयुक्त लगानीमा गरेको माछापालन यस क्ष

सम्बन्धित सामग्री

दैलेखमा पहिलोपटक रेन्बो ट्राउट माछा पालन सुरु

दैलेखको नारायण नगरपालिका–१० मा रेन्बोट्राउट माछा पालन सुरु गरेको छ। हावापानी मिल्ने भूगोलको रूपमा रहेको वडा नं. १० भवानीमा उक्त माछा पालन सुरु गरिएको हो।  संघ सरकारको नवप्रवर्द्धन कार्यक्रम र नारायण...

विदेशबाट फर्किएका म्याग्दीका युवा माछा व्यवसायतर्फ आकर्षित

म्याग्दी । म्याग्दीका युवाहरु माछापालन व्यवसायतर्फ आकर्षित भएका छन् । वैदेशिक रोजगारीबाट फर्केका युवाहरु माछापालनमा आकर्षित भएका हुन् । म्याग्दीको मालिका गाउँपालिका–३ टिमुरे खोलामा ३ जना युवाले गरेको रेन्बो ट्राउट माछा पालन यस क्षेत्रकै नमूना माछा पालन भएको छ । १० वर्ष खाडी मुुुलुकमा काम गरेर फर्किएका पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र हरिबहादुर रोकाले संयुक्त […]

रुकुमपूर्वमा रेन्बो ट्राउट

भूमे गाउँपालिका–१, लुकुममा रेन्बो ट्राउट माछा हुर्किंदै छन् । पहिलो पटकका रेन्बो ट्राउट माछा सबै मरे भने हाल दोस्रो पटकका माछा भने हुर्किरहेका छन् । सिद्धचौर माध्यमिक विद्यालय लुकुमका प्राध्यानाध्यपकसमेत रहनुभएका लुकुमका रामबहादुर पुनमगरले जिल्लामै पहिलो पटक रेन्बो ट्राउट माछापालन सुरु गर्नुभएको छ । माछापालनका लागि आवश्यक भौतिक संरचना तयार बनाइसकेपछि पुनले गत वर्षको असारमा रेन्बो ट्राउट माछापालन सुरु गर्नुभएको हो ।

रसुवाको ट्राउट माछा दार्चुलासम्म विस्तार

साउन ११, रसुवा । उत्तरी हिमाली क्षेत्रमा माछापालनको जागरण गराई आयवृद्धिमा सहज पार्ने उद्देश्यले रसुवामा उत्पादित ट्राउट माछाका भुरा नेपालको पश्चिमी क्षेत्र दार्चुलासम्म विस्तार भएको छ ।  रसुवामा माछापालन गर्ने किसानको संख्यामा कमी आएसँगै रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवाले किसानको चाहनाअनुरूप प्राविधिक ज्ञानसमेत प्रदान गरी दार्चुलालगायतका जिल्लामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो ।  विसं २०७१ देखि यहाँ स्थापना भएको मत्स्य अनुसन्धान केन्द्रले जापानी रेन्बो ट्राउट उत्पादनका साथै चीनबाट ल्याइएका दानासेन र सुइकी वान नामक चिनियाँ माछाका भुरासमेत परीक्षण उत्पादन शुरू गरेको छ । त्रिशूली नदीको पानी प्रयोग गरी उक्त केन्द्रले धुञ्चेस्थित इमरुङ क्षेत्रमा लाखौँ माछाका भुरा उत्पादन गरिरहेको छ तर स्थानीयस्तरमा पालन गर्ने किसानको संख्या भने पाँच जनामा मात्रै सीमित रहेपछि अन्य जिल्लामा समेत आफ्नो कार्यथलो विस्तार गरेको मत्स्य प्राविधिक बताउँछन् ।  विसं २०७२ को विनाशकारी भूकम्पले अधिकांश माछाका पोखरी क्षति पु¥याएपछि आर्थिक समस्याले पोखरीको पुनर्निर्माण हुन नसक्दा रसुवाका विपन्न किसानलाई पालनको व्यवस्थापनमा समस्या पर्न थालेको हो । आर्थिक अवस्था कमजोर भएको र क्षतिको मूल्याङ्कन गरी राहत दिने एवं सुनुवाइ गर्ने निकायको अभाव भएपछि चाहना हुँदाहुँदै माछापालनमा लगनशीन हुन नसकेको किसानले गुनासो गरेका छ । माछा भुराको उत्पादन एवम् प्राविधिक ज्ञानबाहेक पूर्वाधार निर्माणको काम गर्न नसक्ने भएका कारण मत्स्य केन्द्रले पालनको सूचीकृत भएका अन्य जिल्लामा कार्यक्षेत्र विस्तार गरेको बताइन्छ । रेन्बो ट्राउट माछाका लागि नेपाल कृषि अनुसन्धान परिषद्ले विभिन्न ५५ जिल्लामा उपयुक्त प्रमाणित गरेका कारण कृषकको चाहनाका आधारमा कार्यक्षेत्र फराकिलो पार्दै लगिएको उक्त केन्द्रका प्रमुख महेन्द्र भण्डारीले जानकारी दिए । माछाको लागि वैज्ञानिक संस्था भएका कारण किसानको चाहना एवम् मागअनुरूप भौगर्भिक अवस्था, पानीको उपयोगिता तापक्रमसमेतको अध्ययन र तालिमसमेतको प्राविधिक ज्ञान प्रदान गरी कार्यक्षेत्र विस्तार गरिँदै लगिएको छ । दार्चुलाका साथै गुल्मी, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा र नुवाकोट जिल्लामा समेत कार्यथलोका रूपमा विस्तार भइसकेको मत्स्य प्राविधिक विशेष कोइरालाले बताए । माछापालन गर्ने इच्छा देखाई सीप लिन आउने किसानलाई आफ्ना प्राविधिकको साथमा सात देखि २१ दिनसम्म प्रशिक्षण दिने गरिएको छ ।  हिमाली क्षेत्र चिसो स्थान भएका कारण ज्ञान सिक्ने किसानलाई केन्द्रको हाताभित्रै बसोबासको व्यवस्था मिलाइएकाले बिहानदेखि बेलुकासम्म सीप हासिल गर्न सहज भएको छ । रेन्बो ट्राउट माछाबाट लाभ लिन २०० ग्रामसम्मको वजन हुनुपर्ने र यसको हुर्कने अवधि भने आठदेखि १३ महिनासम्म लाग्ने प्राविधिक कोइराला बताउँछन् । हालसम्म जापानी ट्राउटको भालेपोथीको बिजारोपण गराई उत्पादन गराउँदै आएकामा चिनियाँ जातसमेत आनुवंशिक सुधारका लागि विभिन्न देशबाट बिज आयात गरी प्राविधिक विस्तार गर्ने लक्ष्य लिइएको सो केन्द्रले जानकारी दिएको छ । एउटै वंशको भन्दा अर्को वंशसँग मिश्रण गराउँदा छिटो बढ्ने र धेरै उत्पादन लिन सकिन्छ कि भन्ने सोचाइका साथ परीक्षण गर्न लागिएको प्रमुख भण्डारीले बताए । दानासेन एवम् सुइकी जात माछापालन गर्न चाइना नेपाल कोअपरेशन परियोजनामार्फत रसुवागढी नाकाबाट आँखा उम्रेका माछाका अण्डा सहयोगस्वरूप निःशुल्क प्राप्त भएको छ । चिनियाँ प्रविधिको ज्ञान हस्तान्तरणका लागि एक जना चिनियाँविज्ञसमेत केन्द्रमा रहेको बताइएको छ ।  केन्द्रले ३९ ओटा पोखरी निर्माण गरेको छ । तीमध्ये भुरा पोखरी २४, हुर्काउला नौ एवं माउ पोखरी ६ ओटा रहेका छन् । कार्यालयसमेतको पूर्वाधार निर्माणमा हालसम्म करीब रू. ३० करोडभन्दा बढी रकम राज्यकोषले खर्च गरिसकेको बताइन्छ । गत वर्ष उत्पादन गरिएकामध्ये ४० हजार भुरा र ६४ हजार आँखा उम्रेका अण्डा कृषकसामु वितरण गरिएको उक्त केन्द्रका प्राविधिक बताउँछन् । रासस

बाढीले हेलम्बु र मेलम्चीका ट्राउट फार्ममा चार अर्बभन्दा बढी क्षति

सिन्धुपाल्चोक : हेलम्बु र मेलम्ची क्षेत्रमा रहेको ट्राउट माछा फार्ममा बाढीले चार अर्ब रुपैयाँभन्दा क्षति भएको छ।  असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले सातवटा ट्राउट माछा फार्म बगाएको छ। हेलम्बु गाउँपालिका किउलका भण्डारी ट्राउटका सञ्चालक उत्तममणि भण्डारीको नौ करोड रुपैयाँ लगानीमा ट्राउट जातका माछापालन गर्दै आएका थिए। फार्मबाट मासिक ७० लाख रुपैयाँको कारोबार गर्दै आएका उनको फार्म मेलम्ची खोलामा आएको बाढीले बगाएको छ। ‘बाढी आउन थालेपछि धमिलो पानीबाट माछा जोगाउन हामी कुलो फेदैै थियौं,’ भण्डा...