संविधानले व्यवस्था गरेबमोजिम समावेशी समानुपातिक प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्न स्थानीय तहको निर्वाचनमा दलित नेतृत्व र दलित समुदायको अर्थपूर्ण सहभागिताको माग गरिएको छ । समता फाउण्डेशनले एक विज्ञप्ति जारी गरी अघिल्लो निर्वाचनमा निर्वाचित दलित जनप्रतिनिधिको अनुभव र कामको मुल्याङ्कन गर्दै माथिल्लो पदहरूमा पुग्ने वातावरण सिर्जना गर्नुपर्ने माग गरेको छ । फाउण्डेशनले राजनीतिक दलमा दलित समुदायको …