महिला नेता र सरोकारवालाले राज्यका निकायमा दलित र सीमान्तृकत समुदायका महिलाको अर्थपूर्ण प्रतिनिधित्व गराउन माग गरेका छन् । मंगलबार काठमाडौंमा भएको ‘नेपालमा दलित र सीमान्तकृत महिलाको सहभागिता’ बारेको छलफलमा सहभागी नेता र सरोकारवालाले राज्यले नीतिगतरुपमै समाधान नगरेसम्म दलित र सीमान्तृकत समुदायका महिलाको अर्थपूर्ण प्रतिनिधित्व हुन नसक्ने बताएका हुन् ।