ताजा जनादेशमा जानु उपयुक्त - अध्यक्ष थापा

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु उपयुक्त हुने बताउनुभएको छ । पार्टीले झापाको गौरीगञ्जमा गरेको सभामा अध्यक्ष थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको लागि ताजा जनादेश उपयुक्त हुने बताउनुभयो ।उहाँले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको समेत बताउनुभएको छ । १४ वर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा  स्वार्थ र शक्तिको फोहरी राजनीतिले काम गरेको उहाँको भनाइ थियो ।  ...

सम्बन्धित सामग्री

संघीय संरचना परिवर्तन गर्नुपर्छ : अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना परिवर्तन गर्नुपर्ने बताएका छन् । राप्रपा नेपाल गण्डकी कार्यसमितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको उनले बताए ।प्रदेश सरकार आवश्यक नभएको र यसलाई खारेज नै गर्नुपर्ने उनको भनाइ छ । ‘विगतको अनुभवलाई दृष्टिगत गर्दै केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार रहने गरी संघीय  संरचना बनाउनु पर्छ,’ उनले भने, ‘राप्रपा नेपालले संघ

विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव : राप्रपा अध्यक्ष थापा

काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले अहिले जुनसुकै सरकार बने पनि विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव भएको बताएका छन्। महामारीबीच राजनीतिक घटनाक्रमबारे उल्लेख गर्दै उनले ट्वीट गरेका छन्, “प्रम पदमुक्त छन्, सरकार काम चलाउ। यो स्थिति अन्त गर्न छोटो समय दिएर राष्ट्रपतिद्वारा संविधानको धारा ७६(२) अनुसार सरकार गठन गर्ने प्रक्रिया शुरू गर्नुपर्छ।”

ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : राप्रपा अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा भाग लिन आइपुग्नुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै संसद् विघटन भइसकेकाले राजनीतिक सङ्कट समाधान...