राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन् । आज झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने विचार ब्यक्त गरे । अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरी हित हुने दाबी गर