सर्वोच्च अदालत प्रशासनले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएको छ । गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य थालनी गर्न बिहीबार फुलकोर्ट बस्न लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरु सम्मिलित बुधबारको छलफलले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बोलाउने निर्णय गरेको थियो । सो को जानकारी न्यायाधीशहरूले मुख्य रजिष्ट्रारलाई बुधबार नै दिएका थिए । सोही आधारमा बिहीबार अपरान्ह २ बजे फुलकोर्ट बैठक बस्न लागेको हो । सर्वोच्च अदाल