सर्वोच्च अदालतको फुल कोर्ट बैठकले माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा पनि गोलाप्रथा प्रणालीमार्फत पेसी तोक्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकको न्यायाधीशहरूको पूर्ण बैठकले उच्च र जिल्लामा गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको हो ।
यसअघि सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू भइसकेको छ । सबै तहका न्यायालयमा गोलाप्रथा लागू हुने भएपछि न्यायाधीशहरूको आन्दोलनको एउटा माग सम्बोधन हुने देखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा...