नारायणी बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पायो अनुमति

काठमाडौं, २१ जेठ । नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। बैंकलाई १: १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने नेपाल राष्ट्र बैंकले अनुमति दिएको हो । बैंकको अनुसार हाल कायम रहेको १३ करोड १२ लाख ३३ हजार पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन […]

सम्बन्धित सामग्री

पूँजी वृद्धि र नयाँ आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्दै १२ कम्पनी

काठमाडौं । पूँजी वृद्धि, नयाँ आयोजना लगानी र ऋण तिर्नका लागि विभिन्न १२ कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, एनएलजी इन्स्योरेन्स, रिडी पावर, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् । यी सबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृतिसमेत पाइसकेका छन् ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले २ करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  एनएलजी इन्स्योरेन्स कम्पनीले पनि बिमा प्राधिकरणले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएसँगै हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाइड्रोपावर कम्पनीहरूले भने नयाँ आयोजनामा लगानी गर्न र ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । हाइड्रोपावर कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् । हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । आँखुखोला जलविद्युत कम्पनीले १ करोड २० लाख, अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीले समान ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् ।  रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता, लिवर्टी इनर्जी कम्पनीले ७५ लाख, बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार १५० कित्ता र छ्याङदी हाइड्रोपावरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । त्यस्तै जोशी हाइड्रोपावरले २४ लाख १४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । नारायणी डेभलमपेन्ट बैंकले भने २६ लाख २४ हजार ६७६कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड ।

माघ ७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै कर्पोरेट डेभलपमेण्ट बैंक

माघ ४, काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले माघ ७ गते देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले १:१.५ अनुपातमा रू. १०० अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस हकप्रद शेयरमा आवेदकले माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस २५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।  विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै, मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. ५० करोड पुग्नेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै

पुस १८, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ दशमलव ५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्ने भएको हो । हकप्रद निष्कासनका लागि कम्पनीले पुस २५ गते बुक क्लोज गर्नेछ । यसअनुसार पुस २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरशेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।  यसका साथै शेयरधनीले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत माघ २७ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि उक्त पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।कम्पनीले हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट पुस १ गते अनुमति पाएको हो ।

एक्सेल डेभलपमेन्ट २४ लाख ३३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं, ३२ साउन । एक्लेल डेभलपमेन्ट बैंक लिमिटेडले २४ लाख ३३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट आज अनुमति पाएको छ । बोर्डले अनुमति दिएसँगै बैंकले १०ः३ को अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख बराबरको २४ लाख […]

नारायणी डेभलपमेन्ट बैंकले २ सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

बैंकले हालै धिताेपत्र बोर्डबाट स्वीकृतिप्राप्त शतप्रतिशत (१:१) हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात् कायम हुने चुक्ता पुँजीको २ सय प्रतिशत अर्थात् १:२ काे अनुपातमा थप हकप्रद शेयर निष्कासन गर्ने भएकाे हाे