नारायणी डेभलपमेण्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न राष्ट्र बैंकले दियो स्वीकृति

जेठ २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।  कम्पनीले केन्द्रीय बैंकबाट स्वीकृत भएबमोजिम अव १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनीले गत माघ १६ गने सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ : २ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएकोमा राष्ट्र बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । कम्पनीले हाल कायम रहेको रू. १३ करोड १२ लाख ३३ हजार पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू. २६ करोड २४ लाख ६७ हजार पुग्नेछ ।  साताको अन्तिम कारोबार दिन बिहीवार कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३५ रुपैयाँ अर्थात् ४ दशमलव ३५ प्रतिशतले घटेको छ ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७७० मा झरेको हो ।  

सम्बन्धित सामग्री

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयर बुधवारदेखि विक्रीमा

पुस ६, काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर पुस ७ गते बुधवारदेखि विक्री खुला गर्ने भएको छ । कम्पनीले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी शतप्रतिशत हकप्रद शेयर विक्रीमा ल्याउन लागेको हो । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरु मात्र आवेदन दिनका लागि योग्य भएका छन् ।  कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री गर्ने भएको हो । यो हकप्रद शेयर खरीदका लागि पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर प्रयोगकर्ताहरुले सो मार्फत पनि आवेदन दिन सक्नेछन् । गत असार ४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि मंसिर ३ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीको यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल सी प्लस रेटिङ्ग प्र्रदान गरेको छ । यस अघि पनि कम्पनीले २०७७ साल माघ १३ गतेदेखि फागुन ३ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले २०७७ साल माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले १०० प्रतिशत मात्र हकप्रद निष्काशन गर्न कम्पनीलाई स्वीकृति दिएसँगै सोही अनुपातमा हकप्रद निष्कासनको स्वीकृति पाएको हो । पूँजी वृद्धिमा जोड दिईरहेको उक्त कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कुल सम्पत्ति रू. ३५ करोड २१ लाख ३४ हजार छ ।  गत वर्ष यसै अवधिसम्म कम्पनीको कुल सम्पत्ति रू. ३२ करोड ५७ लाख ७२ हजार थियो । यस वर्ष कम्पनीको कुल सम्पत्ति रकम पनि बढेको छ । पहिलो त्रैमाससम्म कम्पनीको  जगेडा कोष रकम रू. १७ करोड ८ लाख ४४ हजार र शेयर प्रिमियममा रू. २९ लाख ५६ हजार छ । यस अवधिसम्म कम्पनीले रू. ९ लाख ११ हजार खुद नोक्सानी व्यहोरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी रू. ४७ लाख ४ हजार खुद नोक्सानीमा थियो ।  यस वर्ष खुद नोक्सानी कम गर्न कम्पनी सफल भएको छ । पहिलो त्रैमाससम्म प्रतिशेयर नेटवर्थ रू. ६५ दशमलव ३९ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने रू. २ दशमलव ७८ ऋणात्मक छ । हाल रू. १३ करोड १२ लाख ३३ हजार ८०० चुक्तापूँजी रहेको कम्पनीको हकप्रद शेयर निष्कासन पश्चात यो पूँजी रू. २६ करोड २४ लाख ६७ हजार ६०० पुग्नेछ ।

नारायणी बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने पायो अनुमति

काठमाडौं, २१ जेठ । नारायणी डेभलपमेण्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। बैंकलाई १: १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने नेपाल राष्ट्र बैंकले अनुमति दिएको हो । बैंकको अनुसार हाल कायम रहेको १३ करोड १२ लाख ३३ हजार पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन […]