भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको नेतृत्वले विधानसभा निर्वाचनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विशेष महत्त्व दिन थालेको देखिन्छ ।
आइतवार भाजपाको राष्ट्रिय कार्यकारिणीको बैठकमा भएको गतिविधिले योगीको कद पार्टीमा बढ्न थालेको संकेत दिएको छ ।
अर्को वर्ष पाँच राज्यमा विधानसभा निर्वाचन हुन लागेको छ । तर योगीलाई मात्र कार्यकारिणी बैठकमा राखियो । बैठकमा योगीले राजनीतिक प्रस्ताव पनि पेश गरेका छन् ।
बैठकका लागि योगी आफैं दिल्ली पुगेका थिए भने भाजपाको सरकार भएमा उत्तराखण्ड, गोवा र मणिपुरका म...