नयाँ दिल्ली : भारतको दिल्ली प्रहरीको साइबर सेलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नाममा देशका ठूला सरकारी कम्पनीलाई ब्ल्याकमेल गर्ने पत्रकारलाई पक्राउ गरेको छ।योगी आदित्यनाथ गोरखपुरबाट भारतीय जनता पार्टीका सांसद भएका वेला उक्त ब्ल्याकमेल गरिएको थियो। त्यसपछि योगीका निजी सचिव राजभूषणसिंह रावतले दिल्ली प्रहरीमा उजुरी दिएका थिए।उनले योगी आदित्यनाथको नाममा कसैले इमेल आइडी बनाएर उच्च अधिकारीहरूलाई नक्कली पत्र पठाएको भन्दै उजुरी दिएका थिए।यी इमेल पावर ग्रिड कर्पोरेशन, आयल एन्ड नेचुरल