भारतको सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशको विधानसभा चुनाव नजिकिँदै गर्दा अनेक अनुमान सार्वजनिक भइरहेका छन् । उत्तर प्रदेश चुनावमा भारतीय जनता पार्टी (भाजपा) मुख्यमन्त्री योगी आदित्यनाथ र समाजवादी पार्टी (सपा) अध्यक्ष अखिलेश यादवबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
चुनावी खिचातानीकै बीच सपाका संस्थापक मुलायम सिंह यादवकी बुहारी अपर्णा यादवले पार्टी परित्याग गरी भाजपा प्रवेश गरेकी छन् । जसले गर्दा सपालाई राजनीतिक रूपमा ठूलो क्षति पुगेको छ ।
टाईम्स नाउ नवभारतको सर्वेमा योगी पुनः मुख्यमन्त्री बन्ने देखिएको छ । उत्तर प्रदेशका ४०३ ...