योगी आदित्यनाथ सरकारबाट धमाधम राजीनामा दिँदै मन्त्रीहरू, भाजपालाई घाटा ?

भारतको उत्तर प्रदेशको योगी आदित्यनाथ सरकारबाट मन्त्री दारा सिंह चौहानले बुधवार राजीनामा दिएपछि त्यसको संकेतका विषयमा चर्चा चलेको छ । मंगलवार श्रममन्त्री स्वामी प्रसाद मौर्यले राजीनामा दिएर भारतीय जनता पार्टीबाट निस्केको घोषणा गरेको भोलिपल्ट वनमन्त्री चौहानले राजीनामा दिएका हुन् ।  दाराले राज्यपाललाई लेखिएको पत्रमा उल्लेख छ, ‘पिछडिएका, वञ्चितिमा पारिएका, दलित, किसान र बेरोजगार युवाहरूप्रति घोर उपेक्षात्मक दृष्टिकोणका साथै पिछडिएका तथा दलितको आरक्षणमा खेलाँची गरिएकाले आहत भएर म मन्त्रिमण्डलबाट राजीनामा दिँदै...

सम्बन्धित सामग्री

गुण्डाराज अन्त्य गर्ने अभियानमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ (भिडियो)

सन् २०१७ मा उत्तर प्रदेशको मुख्यमन्त्री बनेपछि भाजपाका नेता योगी आदित्यनाथ गुण्डाराज र माफियाविरुद्ध खरो रूपमै उत्रिएका छन् ।

योगी आदित्यनाथ नेपाल आउने

काठमाडौं, २२ चैत्र । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् । उनी केही हप्ताभित्रै नेपाल भ्रमणमा आउने बुझिएको छ । योगी दोस्रो पटक उत्तर प्रदेशको मुख्यमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा नेपाललाई रोजेको विश्वस्त स्रोतले बताएको छ । उनले नेपाल भ्रमणको दौरान पशुपतिनाथलगायत धार्मिक तीर्थस्थलको भ्रमण गर्नेछन् । योगीले प्रधानमन्त्री शेरबहादुर देउवा […]

दोस्रो कार्यकालको लागि मुख्यमन्त्रीको सपथ लिँदै योगी आदित्यनाथ

योगी आदित्यनाथले भारत उत्तर प्रदेशको मुख्यमन्त्रीको सपथ शुक्रबार लिँदैछन्। हालै सम्पन्न विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) विजयी भएपछि योगीले उत्तर प्रदेशमा दोस्रो कार्यकाल सुरु गर्न लागेका हुन्। लखनउको इकाना रंगशालामा स्थानीय समयअनुसार दिउँसो ४ बजे सपथग्रहण समारोह हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सपथग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि हुने छन्। समारोहमा मध्य प्रदेश, […]

योगी आदित्यनाथ गोरखपुरबाट उम्मेदवार

एजेन्सी, २१ माघ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुर विधानसभा क्षेत्रबाट उम्मेदवार बनेका छन् । उनले आज गोरखपुरमा उम्मेदवारी दर्ता गरेका हुन् । भारतका केन्द्रीय गृहमन्त्री अमित साह पनि योगीको उम्मेदवारी दर्तामा सहभागी थिए । योगी विगतमा गोरखपुर मठका मठाधीश थिए । उम्मेदवारी दर्ता गर्नुपूर्व उनले गोरखपुर मन्दिर र गुरु गोरक्षनाथको दर्शन गरेका थिए […]

योगी आदित्यनाथ विधानसभा चुनाव लड्ने, टक्कर दिन मैदानमा उत्रिए ‘रावण’

भारतको उत्तर प्रदेश राज्यमा विधानसभा चुनावको सरगर्मी बढेको छ ।  हालसम्म लोकसभा चुनाव लड्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथ यसपालि विधानसभा चुनावको मैदानमा उत्रिने भएका छन् । योगी गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । यसअघि योगी सोही क्षेत्रबाट लोकसभा चुनाव लड्दै आएका थिए । मुख्यमन्त्री योगीलाई टक्कर दिन भीम आर्मीका नेता चन्द्रशेखर आजाद ‘रावण’ गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । योगीविरुद्ध रावण मैदानमा उत्रिने भएपछि चुनाव झनै रोचक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रावणले एक अन्तर्वार्तामा...

बेलझुडीमा गौशाला सञ्चालन

दाङ– तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुडीमा गौशाला सञ्चालनमा ल्याइएको छ । नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको जग्गामा योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर र घोराही उपमहानगरपालिकाको समन्वयमा गौशाला सञ्चालनमा ल्याएको हो । यहाँका बजार, सडक तथा ग्रामीण क्षेत्रमा भौतारिने छाडा गाईगोरुको संरक्षणका लागि करिब ४५ बिघा जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याएको योगी आदित्यनाथ फाउण्डेशनका संरक्षक भरतनाथ योगीले बताए । […]

योगी आदित्यनाथ र मायावतीलाई धक्का!, चुनाव प्रचारमा रोक

भारतको चुनाव आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टीका सुप्रिमो (प्रमुख) मायावतीलाई चुनाव प्रचारमा रोक लगाएको छ।

योगी आदित्यनाथ जनकपुरमा

काठमाडौं । विवाहपञ्चमीका अवसरमा जनकपुरमा हुने धार्मिक समारोहमा सहभागी हुन् भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार जनकपुर आइपुगेका छन् ।    उनलाई प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । ...

योगी आदित्यनाथ नेपाल आउने कुरामा किन विवाद

नेपालमा हिन्दूराज्य र राजतन्त्र पुनर्स्थापनाको वकालत गर्नेहरूसँग निकट सम्बन्ध भएका भन्ठानिएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने कुराले विवाद सिर्जना भएको छ।