तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी

काठमाडौं : नेपाली कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ। शनिबार धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले वेशाख १० गते हुने उपनिर्वाचनमा केन्द्रीय सदस्य भट्टराईलाई उम्मेदवार बनाउने संकेत गरेका हुन्। रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त रहेको उक्त स्थानमा भट्टराईलाई उठाउने तयारी भएको हो। उनी पहिलो पटक चुनाव लड्ने तयारीमा छन्। ‘सभापतिज्यूले यस अघि नै उहाँलाई उम्मेदवार बचन दिइसक्नु भएको छ। जिल्लामा उह

सम्बन्धित सामग्री

तनहुँ–१ मा स्वर्णिमलाई ११ हजार मतको अग्रता

तनहुँ । सोमबार साँझसम्म तनहुँ १ मा ४८ हजार २६२ मतपत्रको गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै छ । यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पछि परेका छन् । यहाँ वाग्ले २५ हजार १४१ मत प्राप्त गर्दा भट्टराईले १४ हजार ४६२ मत प्राप्त गरेका छन् । भने […]

तनहुँमा ३२१६ गन्दा वाग्लेकाे फराकिलाे अग्रता, पछ्याउँदै गोविन्द भट्टराई

अहिलेसम्म भानु नगरपालिका-१० र आँबुखैरेनी गाउँपालिका-१ मा गरी ३२१६ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता हासिल गरिरहेका छन्।

ठीक समय कुर्नुपर्छ भनिन्छ, त्यो समय आयो : सर्वेन्द्र खनाल

१० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ-१ बाट एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । हाल चुनाव प्रचारप्रसारमा सक्रिय उनले आफ्ना लागि समय आएको देखेको टिप्पणी गरेका छन् । कांग्रेसका गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धामा रहेका उनले कांग्रेस र रास्वपाको टकरावले आफूलाई फाइदा हुने आकलन गरेका छन् । खनालसँग अनलाइनखबरका लागि बसन्त बस्नेतले […]

कांग्रेस नेता भट्टराईलाई निर्वाचित गर्न पूर्व उपप्रधानमन्त्री सिंहको आग्रह

नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गोविन्द भट्टराई उच्च गदका नेता भएकाले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुपर्ने बताउनुभएको छ । तनहुँको बन्दीपुरमा बुधबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले गठबन्धनका उम्मेदवार भट्टराई निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो । कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका विषयमा उठेका प्रश्नहरू छिट्टै समाधान गरिने विश्वास व्यक्त गर्दै उहाँले नेता …

जन्मभूमिको सेवा गर्न उपचुनाव लड्न आएँ : सर्वेन्द्र खनाल

२० चैत, तनहुँ । १० चैतमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । तनहुँ १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन् । राजनीतिज्ञ र एमाले नेताका रुपमा खनाल तनहुँमा नयाँ हुन् । तर उनले आफूले प्रहरीमा रहँदा र पछि पनि तनहुँका लागि […]

रामचन्द्र पौडेलको उत्तराधिकारी म हुँ : गोविन्द भट्टराई

रामचन्द्र दाइले जनताको लागि विकास निर्माणको कामहरू र जे जति योजनाहरू थिए, उहाँले जति वाचा गर्नुभएको थियो, उहाँको राजनीतिक विरासत पछिल्लो पुस्ताले बोक्ने गरी म उत्तराधिकारीको रूपमा आएको छु । यो पनि मेरो एउटा जित्ने दह्रो आधार हो ।

तनहुँ-१ को उपनिर्वाचनमा कांग्रेसबाट आकांक्षी को को छन् ?

२६ फागुन, काठमाडौं। तनहुँ-१ मा उपनिर्वाचन हुने भएपछि कांग्रेसबाट उम्मेदवार हुनका लागि नेताहरुले दाबी गर्न लागेका छन् । रिक्त क्षेत्रका लागि केन्द्रीयदेखि जिल्ला तहका नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । केन्द्रीय सदस्यद्धय गोविन्द भट्टराई र ध्रुब वाग्ले तनहुँ–१ मा आकांक्षी देखिएका छन् । संविधान सभा सदस्य तथा तनहुँका पुराना नेता रामचन्द्र पोखरेलले उम्मेदवारको दाबी गरेका […]

काँग्रेस कहिल्यै पनि निर्वाचनबाट भाग्दैन  : गोविन्द भट्टराई

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले निर्वाचन लोकतन्त्रको प्राण भएको बताएका छन् । नेपाली काँग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले काँग्रेस कहिल्यै पनि निर्वाचनबाट नभाग्ने प्रस्ट पारे । संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतले गर्ने फैसला काँग्रेसलाई स्वीकार्य हुने उनले बताए । “न्यायिक सर्वोच्चता कायम गरेर अगाडि बढ्न काँग्रेस सदैव तयार छ”, उनले भने, “मुद्दाको टुङ्गो नलागेकाले काँ