नेपाली काँग्रेसको खुला तर्फको केन्द्रीय सदस्यका लागि ५ जना नवप्रवेशी संघर्षरत छन् । राप्रपा परित्याग गरी आएका सुनील थापाले राम्रो मत प्राप्त गरेका छन् । सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका थापाले खुला ३५ मा १५६६ मत ल्याएर १५ नम्बरमा छन् ।दिलेन्द्र बडू, बलबहादुर केसी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत जस्तो काँग्रेसका हस्तीलाई उछिनेर थापाले १५ नम्बरमा स्थान बनाएका छन् । २९९३ मत गन्दा विजयकुमार गच्छदार समूहका गणेश लामा र गोपाल दहित पनि ३५ भित्र छन् ।गच्छदार समूहकै मंगल थारु र माओवादी