नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले निर्वाचन लोकतन्त्रको प्राण भएको बताएका छन् । नेपाली काँग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले काँग्रेस कहिल्यै पनि निर्वाचनबाट नभाग्ने प्रस्ट पारे । संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतले गर्ने फैसला काँग्रेसलाई स्वीकार्य हुने उनले बताए । “न्यायिक सर्वोच्चता कायम गरेर अगाडि बढ्न काँग्रेस सदैव तयार छ”, उनले भने, “मुद्दाको टुङ्गो नलागेकाले काँ