रुसले युक्रेनका यी क्षेत्रलाई बनाउँदै छ निशाना

युक्रेनमाथि वृहत रुसी हमला हुन सक्ने संकेत देखिएका छन् । युक्रेनका एक सरकारी अधिकारीले अहिलेसम्म रुसी सैन्य कारबाहीको वृहत संकेत देखिएको बताएको बीबीसीले जनाएको छ ।  ती अधिकारीका अनुसार बिहीबार बिहान राजधानी किभमा क्रुज मिसाइल प्रहार भएको छ भने देशको दक्षिणी भाग ओडेसामा सेनाको गतिबिधि बढ्दो छ । रुसी सिमानाबाट करिब २५ माइल टाढा रहेको खार्किभमा पनि रुसी फौज पुगेको बताइएको छ । रुसी आक्रमण ठूलो हुने प्रारम्भिक दृश्यहरुले संकेत गरेको साक्षी र सरकारी अधिकारीहरुले बताएको प्राप्त विवरणहरुमा जना

सम्बन्धित सामग्री

युक्रेनमा रुसले गर्यो ५० भन्दा बढी क्षेप्यास्त्र प्रहार

रुसले युक्रेनका संवेदनशील पूर्वाधारलाई निशाना बनाएर ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ।  रुसले लामो दूरीमा लक्ष्य भेदन गर्न सक्ने आफ्नो अस्त्रले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको बताएको बीबीसीले जनाएको छ। रुसको रक्षा मन्त्रालयले तोकिएका सबै लक्ष्यमा प्रहार भएको दाबी गरेको छ। रुसको क्षेप्यास्त्र प्रहारबाट धेरै स्थानमा बिजुली र पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार राजधानी किभका ८० प्रतिशत बासि

पुटिननिकट टीभी पर्सनालिटी भन्छन् –रुसले अब बेलायतमा हमला गर्नुपर्छ

युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए । दि इन्डिपेन्डेन्टको रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र ‘पुटिनका आवाज’ समेत भनेर चिनिने सोलोभयोभले रुसले बेलायतलाई हमला गर्न सक्ने र विदेशमन्त्री लिज ट्रसलाई निशाना बनाउनुपर्ने धारणा व्यक्त गरे ।  रसिया–वान कार्यक्रम इभिनिङ विद भ्लादिमिर सोलोभयोभ मा उनले रुसी हमल

रुसले युक्रेनको रेल नेटवर्कमा थाल्यो आक्रमण

काठमाडौं :  रुसले युक्रेनको रेल नेटवर्कलाई निशाना बनाएर आक्रमण गर्न थालेको छ। पछिल्लो २४ घण्टामा युक्रेनको रेल सेवाका ६ पावर सबस्टेसनमा आक्रमण गरेको रुसको रक्षामन्त्रालयले दाबी गरेको छ। रुसले पश्चिमी देशहरूले युक्रेनमा हतियार पठाउन यो रेल नेटवर्क प्रयोग गरिरहेको दाबी पनि गरेको छ। पूर्वी युक्रेनमा रुसी सेनाको आक्रमण जारी छ।  बेलायतको रक्षामन्त्रालयले रुसले पूर्वी डोनबास क्षेत्रको इजुम सहरको क्षेत्रमा दुईवटा सैन्य बटालियन तैनाथ गरेको जनाएको छ।

रुसले डोनबास क्षेत्रलाई निशाना बनायो, हामी डटेर संघर्ष गर्ने छौँ : जेलेन्स्की

रुसले आफ्नो देशको पूर्वी क्षेत्र डोनबास कब्जा गर्नका लागि गम्भीर आक्रमण सुरु गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । रुसले डोनबास क्षेत्रका शहर-बजारमा सोमबार मिसाइल, रकेटसँगै गोलाबारी गरेको थियो । भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले डोनबास क्षेत्रको रक्षाका लागि संघर्ष सुरू भएको बताए । युक्रेनका प्रमुख सुरक्षा अधिकारी ओलेक्सी दानिलोभका अनुसार रुसी सैनिकले युक्रेनी अग्रपंक्तिलाई […]

किएभलाई पुनः आक्रमाणको निशाना बनाउने रुसी चेतावनी

रुसले युक्रेनको राजधानी किएभलाई पुनः थप आक्रमणको निशाना बनाउने चेतावनी दिएको छ। रुसी भू क्षेत्रमा कुनै पनि प्रकारले युक्रेनले आक्रमण गरेमा किएभलाई निशाना बनाएर थप मिसाइल प्रहार गर्ने चेतावनी रुसले दिएको हो । युक्रेनी हेलिकप्टरले आफ्नो गाउँमा आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसको जवाफमा रुसले युक्रेनको राजधानी किएभ नजिकैको सैन्य उद्योगमा शुक्रबार मिसाइल […]

सर्वसाधारणको आश्रयस्थलमा रुसी निशाना : एकै स्थानमा ३०० जनाको मृत्यु

घेराबन्दीमा रहेको युक्रेनी सहर मारिपोलमा रुसले गरेको गोलाबारीमा परी आश्रय लिई बसेका करिब ३०० जनाको मृत्यु भएको छ। रुसी आक्रमणबाट जोगिन सर्वसाधारण नागरिक मारिपोलस्थित थिएटरको अण्डरग्राउण्डमा आश्रय लिएर बसेका थिए। रुसले थिएटरलाई निशाना बनाएर गोलाबारी गरेका बेला करिब ६०० सर्वसाधारण अन्डरग्राउण्ड आश्रयस्थल लिएर बसेको मारिपोलका मेयरका सल्लाहकार पेत्र एन्द्रयुचेन्कोले बताएको बीबीसीले उल्लेख गरेको छ। रुसले […]

रुसले भन्यो - यूक्रेनी अस्पतालमा आक्रमण गरेको छैन

रुसले यूक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ । शुक्रबार रूसले यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको दाबी गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समय यूक्रेनी अस्पतालमा रुसले कुनै आक्रमण नगरेको बताएको हो । यूक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताएका थिए । त्यसला

रुसको निशानामा अस्पताल, विद्यालय र आवासीय क्षेत्र

रुसले सर्वसाधारणलाई निशाना बनाएर हवाई, रेकटसहितका आक्रमण गरिरहेको युक्रेनले बताएको छ। युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्तेफानिशिनाका अनुसार रुसले अस्पताल, प्राथमिक शिक्षा केन्द्र तथा विद्यालयहरुसहितलाई निशाना बनाएको हो । बिसीसँगको अन्तर्वार्ताको क्रममा उनले रुसले लगातार सर्वसाधारण, आवासीय क्षेत्र र सार्वजनिक स्थानमा आक्रमण गरे पनि युक्रेनी आर्मीले कडा प्रतिवाद गरिरहेको बताइन् । उनले भनिन्, ‘रुसले सर्वसाधारणलाई विभाजित गर्न […]

युक्रेनको दोस्रो ठूलो शहर खार्किभ रुसको क्षेप्यास्त्र, कम्तीमा १० जनाकाे मृत्यु

रुसले गरेको आक्रमणमा १६ बालबालिकासहित दर्जंनौ मानिसको मृत्यु भएको समाचारमा उल्लेख छ । खार्किभको केन्द्रमा रुसले जानाजान गैरसैनिकलाई निशाना बनाएको युक्रेनको आरोप छ ।

रुसले बिस्फोट गरायो जासुसी उपग्रह : रिसमा अमेरिकाले भन्यो, ‘जवाफ पाउनेछौ’

अमेरिकाले एक ‘खतरनाक र गैर जिम्मेवार’ मिसाइल परीक्षणका लागि रुसको निन्दा गरेको छ र यो परीक्षणले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा भएका अन्तरिक्ष यात्रीको जीवन खतरामा पारेको बताएको छ ।यो परीक्षणमा रुसले आफ्नै एउटा उपग्रहमाथि निशाना लगायो । उपग्रह बिस्फोट भएपछि अन्तरिक्षमा यसका टुक्रा छरिए र आइएसएस चालक दल आफ्नो क्याप्सुलमा लुक्न बाध्य भए ।अन्तरिक्ष स्टेशनमा यतिबेला सात अन्तरिक्ष यात्री छन् । यीमध्ये चार अमेरिकी, एक जर्मनी र दुई रुसका यात्री छन् ।अमेरिकी विदेश विभागका प्रवक्त