रुसले युक्रेनका संवेदनशील पूर्वाधारलाई निशाना बनाएर ५० वटाभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ। रुसले लामो दूरीमा लक्ष्य भेदन गर्न सक्ने आफ्नो अस्त्रले युक्रेनको सैन्य इलाका र ऊर्जा प्रणालीलाई निशाना बनाएको बताएको बीबीसीले जनाएको छ। रुसको रक्षा मन्त्रालयले तोकिएका सबै लक्ष्यमा प्रहार भएको दाबी गरेको छ। रुसको क्षेप्यास्त्र प्रहारबाट धेरै स्थानमा बिजुली र पानीको आपूर्ति नराम्ररी प्रभावित भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार राजधानी किभका ८० प्रतिशत बासि