काठमाडौं : देशका विभिन्न स्थानमा डुबेर ५ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा इलाम जिल्ला माई नगरपालिका-१ तेह्रकुनेस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने तेज बहादुर राईको ११ वर्षीय छोरा वर्धन राइको बिहीबार दिउँसो मृत्यु भएको छ। साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।यस्तै, कैलाली जिल्ला घोडाघोडी नगरपालिका-२ थुम्कीस्थित चिडिया तालमा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय विशाल विष्टको बिहीबार दिउँसो मृत्यु भएको छ। उक्त तालमा पौडी खेल्ने क्रममा डुबे