सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाले विभिन्न गन्तव्य मुलुकमा रहेका र स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउन र तत्कालीन व्यवस्थापनको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । कोभिड–१९ को दोस्रो लहरबीच विदेशबाट फर्किनेको तत्कालीन व्यवस्थापन कहाँ गर्ने, खर्चको व्यवस्थापन, कानुनी परामर्श, परिवारमा सहज पुनस्र्थापना, गोपनीयता र आर्थिक तथा सामाजिक पुनः एकीकरणमा कसरी जोड्ने भन्ने विषयमा आवश्यक कदम चाल्न सरकारी निकायलाई सरोकारवाला संस्थाहरूले आग्रह गरेका हुन् ।