आबुधाबी डायलग : दक्ष जनशक्ति उत्पादनमा लगानी खोजिने

संयुक्त अरब इमिरेट्स (यूएई) मा हुन गइरहेको छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा नेपालले वैदेशिक रोजगारमा जाने नेपालीलाई सीपयुक्त बनाउन गन्तव्य देशहरूलाई लगानी गर्न आग्रह गर्ने भएको छ । त्यसका साथै नेपालभित्र सिकेको सीपलाई मान्यता दिनुपर्ने विषयलाई पनि महत्त्वका साथ उठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । ‘आबुधाबी डायलग’ खाडी मुलुकमा श्रमिक पठाउने र श्रमिक लिने देशका श्रममन्त्री सहभागी हुने एकमात्रै क्षेत्रीय मञ्च हो ।

सम्बन्धित सामग्री

आबुधाबी डायलग : दक्ष जनशक्ति उत्पादनमा लगानी गर्न खाडी सरकारलाई नेपालको प्रस्ताव

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले दक्ष जनशक्ति उत्पादन गर्न खाडी सहितका गन्तव्य देशलाई आग्रह गरेका छन् । संयुक्त अरव इमिरेट्स (युएई)मा जारी आबुधाबी डाइलगलाई सम्बोधन गर्दै गन्तव्य देशहरुलाई दक्ष जनशक्ति उत्पादनमा लगानी गर्न आग्रह गरेका हुन् ।