ठेकेदारले ज्याला नदिएको श्रमिकको गुनासो

नेपाल टेलिकमको अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएका निर्माण व्यवसायीले काम लगाएर आफूहरूको ज्याला नदिएको श्रमिकले गुनासो गरेका छन्।...

सम्बन्धित सामग्री

महोत्तरीमा मजदुरी गरेको ज्याला माग्दा ठेकेदारले बाँधेर गरे अमानवीय व्यवहार

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका- ६ का एक ठेकेदारले मजदुरलाई बाँधेर निर्घात कुटपिट गरी कालोमोसो दलेर अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । रमजान मनाउन मजदुरी गरेको पैसा मागेपछि ठेकेदार कृष्ण मिश्रले मजदुर मोबारक नदाफलाई अमानवीय व्यवहार गरेका हुन् । काम गरेको पैसा दिन्छु भनेर बोलाएर मजदुर नदाफलाई बांधेर निर्घात कुटपिट गरे र पछि […]

ठेकेदारले ज्याला नदिँदा मजदुरले दशैँ मनाउन पाएनन्

बडादशैँको उमंग र उत्साह यतिवेला सबैतिर छ । यो पर्व मनाउन सबै आआफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् । तर, कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर भने...

‘चाड आउँछ, ऋण बढाएर जान्छ’

सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त थिए । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उनका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् । काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा पक्की पर्खाल निर्माण गर्न ठेक्कामा लगाएको थियो । त्यो काम सकेपछि मात्रै श्रमिक तामाङको ‘दशैँ’ आउँछ । उनले भने, “दशैँ आउँछ, पैसा नहुनेलाई तनावै बढाउँछ ।”बिहान–बेलुका दुई छाक खानलाई दिनभरि श्रम गर्ने तामाङले ज्यालाबापत एक हजार तीन सय रुपि

ज्याला माग्दै मजदुर

कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डका मजदुरले दुई वर्षसम्म पनि ज्याला पाएका छैनन् । सिञ्जा गाउँपालिका–२ घोडेङ्गा गाउँदेखि कनकासुन्दरी गाउँपालिका–८ रोकायावाडासम्मको खडकखण्डमा काम गरेका मजदुरले ज्याला नपाएका हुन् । सिञ्जा गाउँपालिका–१ की मूलकली कामीले सडकमा ज्याला मजदुरी गरेको ज्याला नपाएको बताउनुभयो । उहाँले दैनिक पाँच सय रुपियाँ ज्याला दिने भनेर काममा लगाइएको र काम गरेको दुई वर्षसम्म ठेकेदारले ज्याला नदिएको बताउनुभयो ।

ठेकेदारबाटै ठगिए कामदार

ठेकेदारको लेनदेन विवादले नाग्म–गमगढी सडक निर्माणका कामदारले विगत दुई वर्षदेखि ज्याला पाएका छैनन् । सडक निर्माण भएको तीन वर्ष बितिसक्दा पनि ज्याला नदिएर ठेकेदारले ठगेको कामदारको गुनासो छ ।नाग्म–गमगढी सडकको सिञ्जा–१ घोडेंगादेखि कनकासुन्दरी–७ रोकायाबाडासम्मको ६ किमी ७६० मिटर सडक स्तरवृद्धि गर्ने ठेक्का भ्याटसहित ६ करोड ७६ लाख १८ हजार १ सय ८६ रुपैयाँमा खड्का कृष्ण […]

ठेकेदारबाटै ठगिए कामदार

जुम्ला । ठेकेराको लेनदेन विवादले नाग्म गमगढी सडक निमार्णका कामदारले विगत दुई वर्षदेखि ज्याला पाएका छैनन् । सडक निमार्ण भएको तीन वर्ष बितिसम्दा पनि ज्याला नदिएर ठेकेदारले ठगेको कामदारको गुनासो छ । नाग्म गमगढी सिञ्जा- १ घोडेंगादेखि कनकासुन्दरी- ७ रोकायाबाडासम्मको ६ किमी ७६० मिटर सडक स्तरवृद्धि गर्ने ठेक्का भ्याटसहित ६ करोड ७६ लाख १८ हजार […]

स्थानीय चुनाव :  गरिबका लागि दसैँ, ठेकेदारले पाउन छाडे मजदुर

केही दिन अघिसम्म सप्तरीको राजविराजस्थित गजेन्द्र चोकमा हरेक बिहान मजदुरहरुको भिड हुन्थ्यो । कसैलाई मजदुर चाहिएमा सोही चोकमा आएर आफूलाई चाहिएको संख्यामा मजदुर लैजान सहज पनि भएको थियो । तर अचेल त्यो भिड देखिँदैन ।सप्तरीका पत्रकार श्यामसुन्दर यादवका अनुसार ती मजदुरहरु स्थानीय तहको चुनावमा खटिएका छन् । विभिन्न पार्टीका उम्मेदवारले ती मजदुरलाई दैनिक ज्यालादारी दिएर चुनाव प्रचारमा लगाएको उनको भनाइ छ ।दिनभर मजदुरी गरेर पाउने ज्याला चुनाव प्रचारबाटै पाएपछि उनीहरु उम्मेदवारको पछिपछि हिँड्न थालेका छन् । द

भवन हस्तान्तरण गरिएको एक वर्ष बित्दा पनि ठेकेदारले दिएन ज्याला

डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेक स्वास्थ्यचौकी भवन निर्माणमा संलग्न मजदुरले एक वर्षदेखि काम गरेको ज्याला पाएका छैनन् । भवन निर्माणको ठेक्का पाएको बाराही निर्माण सेवाले मजदुरलाई ज्याला नदिएपछि उनीहरु मारमा परेका हुन् । विसं २०७७ मा रु एक करोड ७० लाखमा भवन निर्माणको ठेक्का पाएको पिएस पिएस कन्सट्रक्शन प्रालि, सिलगढीले पेटी ठेक्का बाराही निर्माण सेवालाई प्रदान …

मजदुरले ज्याला माग गर्दै टावर बन्द गर्दा तीन जिल्लाको फोन सेवा अवरुद्ध

नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन् । डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङक दिनका लागि यो टावर निर्माण गरिएको थियो । टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताउनुभयो ।

ज्याला नपाएपछि मजदुरले टावर बन्द गरिदिए, तीन जिल्लाको फोन अवरुद्ध

जाजरकोट : नेपाल टेलिकमको टावर निर्माण गर्दा मजदुरले ज्याला नपाएको भन्दै नलगाड नगरपालिका –८ गराइलाको टावर बन्द गरेका छन्। डोल्पा र रुकुम पश्चिमको गोतामकोटको टावरलाइ लिंक दिन यो टावर निर्माण गरिएको थियो। टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए।हप्ता दिनदेखि टावर बन्द गरिँदा नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबिसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावरहरू बन्द भएका छन्। मजदुरले रकम नपाएसम्म टावर नखोल्न