जाजरकोट : नेपाल टेलिकमको टावर निर्माण गर्दा मजदुरले ज्याला नपाएको भन्दै नलगाड नगरपालिका –८ गराइलाको टावर बन्द गरेका छन्। डोल्पा र रुकुम पश्चिमको गोतामकोटको टावरलाइ लिंक दिन यो टावर निर्माण गरिएको थियो। टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए।हप्ता दिनदेखि टावर बन्द गरिँदा नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबिसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावरहरू बन्द भएका छन्। मजदुरले रकम नपाएसम्म टावर नखोल्न