काठमाडौँ– मुलुकको सामाजिक साँस्कृतिक व्यवस्था शोषणकारी र दमनकारी रहेको भन्दै प्रतिरोध अभियानले प्रदर्शन गरेको छ। प्रतिरोध अभियानअन्तर्गत युवाहरुले बुधबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। हाल देशमा चलिरहेको अर्थराजनीतिक तथा सामाजिक, साँस्कृतिक व्यवस्था दमनकारी भएकोले पीडितले अदालतबाट न्याय पाउने अवस्था नरहेको उनीहरुको भनाइ छ। राज्यका संस्थाहरु नागरिकको नियन्त्रण बाहिर गएको र देशमा भ्रष्टाचार बढ्दै गएको […]