विभिन्न विभेदविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौं : प्रतिरोध जनअधिकार आन्दोलन समूहले हरेक क्षेत्र जात, लिंग, वर्ण आदिमा हुने विभेदविरुद्ध विरोध प्रदर्शन गरेको छ। बिहीबार उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।आन्दोलन समूहले आयोजना गरेको उक्त प्रदर्शन माइतीघरबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।कार्यक्रम विभिन्न कवि, गायकले कविता वाचनसहित गीत प्रस्तुत गरेका थिए। थिएटर मलका कलाकारहरुले सडक नाटकसमेत प्रदर्शन गरेका थिए।