नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पष्कमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन गर्नेगरी काँग्रेस, राजपासहित अन्य पक्षसँग छलफल चलिरहेको बताएका छन् । बिहीबार आमहड्तालका क्रममा सडकमा आएका प्रचण्डले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘निरंकुशताविरुद्ध अझै ठूल्ठूला आन्दोलनमा जान्छौँ । सम्भवतः फागुनको पहिलो सातादखि संयुक्त आन्दोलन हुन्छ । केपी ओलीको आयु सकिन्छ । निरंकुशताका पक्षपातीलाई बढार्छ ।’उनले अहिले भएको संघर्ष जनता र लोकतन्त्रको लागि भएको भन्दै प्रति