सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल समूहको प्रस्ताव

काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव गरेका छन् । नेपालले प्रतिनिधिसभा विघटन नेकपा मात्र नभएर देशै सिध्याउने कदम भएको दाबी गर्दै मुलुकलाई संकटमा जानबाट रोक्न यस्तो प्रस्ताव गरेका हुन्... The post सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल समूहको प्रस्ताव appeared first on Purbeli News.

सम्बन्धित सामग्री

‘गणतन्त्रका लागि लड्नेहरुकै सोचमा राजतन्त्र देखियो’

१५ जेठ, धनगढी। धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलका प्रयागराज जोशी २०६२ सालमा कैलाली बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्दै थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन गरेको विरोधमा तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीले संयुक्त आन्दोलन घोषणा गरेका थिए। २२ वर्षका जोशी पनि अरु विद्यार्थीसँगै आन्दोलनमा सहभागी भए। २४ चैत २०६२ मा सात दलले […]

आठ समूहद्वारा एमसिसीबिरुद्ध प्रदर्शन र सभा (तस्बिरहरु)

काठमाडौँ- अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरोधमा विभिन्न दलहरु र मोर्चाको संयुक्त आन्दोलन बुधबार राजधानीमा पनि जारी रह्यो। काठमाडौँ उपत्यकामा माइतीघरदेखि संसद भवनसम्म ६ राजनीतिक दल र २ मोर्चाको संयुक्त विरोध प्रदर्शन चलेको थियो भने देशैभरका जिल्ला सदरमुकामहरुमा संयुक्त विरोध प्रदर्शन र सभा भएको थियो। यसअघि यही संयुक्त मोर्चाले मंगलबार पनि देशैभरि एमसिसीबिरुद्ध कोणसभा गरेको […]

ओलीविरुद्ध संयुक्त आन्दोलन नउठ्नुको नालीबेली

काठमाडौँ । राजनीतिक तरलताका बीच यतिबेला मुलुक आन्दोलनमय बनेको छ । देशका प्रमुख सहरहरूमा प्रत्येक दिनजसो कुनै न कुनै राजनीतिक दल वा समूहद्वारा आन्दोलन भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षका लागि अनुमोदित जनमत ५ पुसमा तीन वर्षमै विसर्जन गरिदिएपछि कोरोना महामारी र हिउँदो चिसोलाई चुनौती दिँदै राजनीतिक माहोल गर्...

संयुक्त आन्दोलनमा नगई प्रतिगमन सच्चिंदैन : केसी

८ माघ, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् पुनर्स्थापनाका लागि संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन् । जनमोर्चा जिल्ला कार्यसमिति रुपन्देहीद्वारा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले राजनीतिक दल, नागरिक समाज लगायतले संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा उनले भने, ‘संयुक्त आन्दोलनमा नगई यो प्रतिगमन सच्चिनेवाला छैन ।’ जननिर्वाचित संसदलाई कोठा भित्र बसेर […]

चित्रबहादुर भन्छन्– ‘संसद् पुनःस्थापनका लागि संयुक्त आन्दोलन आवश्यक छ’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटनविरूद्ध संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन् ।  जनताको संयुक्त शक्तिशाली आन्दोलनको बलबाटै विघटित संसद पुनःस्थापना गर्न सकिने केसीले दाबी गरे । संसद् विघटनको विपक्षमा रहेका सबै राजनीतिक दल, नागरिक समाज र जनता संयुक्त आन्दोलनमा उत्रनुपर्नेमा केसीको जोड छ ।  राष्ट्रिय जनमोर्चाले बिहीबार बुटवलमा आयोजना गरेको प्रतिनिधि सभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ...

महामन्त्री सिंह र प्रचण्डबीच भेटवार्ता, सीताको स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । बिहीबार प्रचण्ड निवास खुमलटार पुगेर महामन्त्री सिंहले बिरामी भएर उपचाररत सीताको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । स्वास्थ्यमा समस्या आएपछि सीता दाहाललाई बुधबार दिउँसो ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई भेट्न सिंह सोही अस्पताल पुगेपनि डिस्चार्ज भइसकेका कारण उहाँको निवासमै पुगेर भेट गर्नुभएको हो । त्यस क्रममा महामन्त्री सिंह र नेकपाका अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा कुराकानी भएको छ । त्यस क्रममा सिंहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभयो । ‘प्रतिनिधिसभा विघटन गलत हो र यसको पुनस्र्थापना हुनुपर्छ’ सिंहले भन्नुभयो, ‘यो विषयमा समान धारणा भएका दलहरुले सयुक्त आन्दोलन गरेर प्रतिनिधिसभा पुनर्स्थापना गर्न जोड दिनुपर्छ । सिंहले संयुक्त आन्दोलन सम्भव नभएपनि एक अर्को पक्षको आन्दोलनलाई समर्थन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । महामन्त्री सिंहले संसद विघटनविरुद्ध अन्य दल एकमत भएपनि नेपाली कांग्रेसले निर्णय गर्न नसकेको बताउनुभयो । खासगरी कांग्रेसको देउवा पक्ष दोधारमा रहेको उहाँको भनाई थियो । ‘यो विषयमा कांग्रेसको धारणा के हो, उसले स्पष्ट गर्नुपर्छ’ सिंहले भन्नुभयो, यदी कांग्रेस पनि संसद पुनर्थापनाको पक्षमा आउँछ भने हाम्रो समर्थन रहन्छ ।’ सीता दाहाल पाकिन्सन्स्जस्तो जटिल रोग पीएसपी (प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी) बाट पीडित हुनुहुन्छ । दाहालको यसअघि अमेरिका जोन हकिङ्स अस्पताल र सिंगापुरमा उपचार गरिएको थियो ।