प्रधानमन्त्रीको कदमविरुद्ध संयुक्त आन्दोलन गरौं : पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यककता औंल्याएका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो आवश्यकता औंल्याएका हुन् । वर्तमान प्रधानमन्त्री ओलीलाई अहिले ‘काशी जाने, कुतीको बाटो’ भन्ने उखान चरितार्थ भएको पनि उनले टिप्पणी गरेका छन् […]

सम्बन्धित सामग्री

संविधान र लोकतन्त्रको संरक्षणका लागि संयुक्त आन्दोलन: वरिष्ठ नेता पौडेल

मिला दरै, तनहुँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको संरक्षणका लागि संयुक्त आन्दोलन गरेका बताउनुभएको छ । तनहुँका स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै शनिबार नेता पौडेलले राष्ट्र बचाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभएको छ । ‘राष्ट्र र संविधानलाई बचाउन कांग्रेसले जुनसुकै पार्टीसँग सहकार्य गरी साथमा लिएर अगाडि बढ्न […]

प्रतिगमन रोक्न संयुक्त आन्दोलन आवश्यक : अध्यक्ष केसी

केरसिंह अदै, कपिलवस्तु । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनलाई रोक्न संयुक्त आन्दोलनको आवश्यकतामा जोड दिनुभएको छ । शनिबार राष्ट्रिय जनमोर्चा कपिलवस्तुले गोरुसिंगेमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा प्रतिगमनको खतरा बढ्दै गएको भन्दै त्यसलाई रोक्न लोकतन्त्रका पक्षधर शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभयो । आफ्नै पार्टीको झगडा मिलाउन नसकेका केपी ओलीले संसद्मा अविश्वासको प्रस्तावबाट आफू हट्ने देखेर संसद विघटन गरेको बताउँदै अध्यक्ष केसीले यो कदमले असंवैधानिक र प्रजातन्त्र नै धरापमा पर्ने खतरा भएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापना नै तत्कालिन राजनैतिक निकास भएको बताउनुभयो । अर्का नेता राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले वर्तमान राजनैतिक निकास प्रतिनिधि सभा पुनर्स्थापना भएपनि यो व्यवस्थाबाट नेपाली जनताको गास, वास, स्वास्थ, रोजगारीको समस्या समाधान नहुने बताउँदै, नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले संघीयताले गर्दा आम्दानी भन्दा खर्च बढी भएकोले देश विदेशीको ऋणको चपेटामा पर्दै गएको बताउनुभयो । संघीयता लागू गर्ने दलहरुलाई अहिले संघीयता निल्नु न उकेल्नु भएको उहाँको भनाई थियो । कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरेले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिलबहादुर विक, अखिल नेपाल महिला संघकी सल्लाहकार चन्द्र बदन श्रेष्ठ, जनजाति सम्मेलनका केन्द्रीय सदस्य नरबहादुर घर्ति मगर, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला संयोजक शशी सापकोटा, प्रगतिशील पत्रकार संघ कपिलवस्तुका अध्यक्ष माधव भाट क्षेत्री, अखिल (छैठौं) का जिल्ला अध्यक्ष रेसव आचार्यको आतिथ्यता रहेको थियो । कार्यक्रम सुरु हुनुअघि गोरुसिंगे पेट्रोलपम्पदेखि गगनभेदी नाराजुलुस सहित थारु कल्याणकारी सभाहलको प्रांगणमा पुगेर सभामा परिणत भएको थियो । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ऋषिराम शर्मा र स्वागत मुक्तिराम न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

पदीय पजनी र चुनावी फोबिया

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सम्बन्धित दुईवटा निकै रमाइला समाचार आए एक÷डेढ हप्ताको अन्तराल पारेर । पहिलो समाचार थियो– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने प्रस्ताव गर्नुभयो । यदि काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाका प्रचण्ड–नेपाल समूहसँग संयुक्त आन्दोलन गरेर प्रतिनिधिसभा पुनःस्थापना गराउन सहयोग गरेको खण्डमा । त्यो समाचारको खण्डन सम्बद्ध कुनै पक्षबाट भएन बरु काँग्रेसका वरिष्ठ नेता पौडेल नेकपाका अध्यक्षद्वय दाहाल– नेपालकै बराबरीमा प्रतिनिधिसभा विघटनविरुद्ध पुनःस्थापनाको पक्षमा उभिन पुग्नुभयो । विघटनप्रति नरम वा कडा के हुने भन्ने विषयमा विवाद हुँदा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच ङ्यारङुर्र नै चलेको समाचार आयो ।