संविधान र लोकतन्त्रको संरक्षणका लागि संयुक्त आन्दोलन: वरिष्ठ नेता पौडेल

मिला दरै, तनहुँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको संरक्षणका लागि संयुक्त आन्दोलन गरेका बताउनुभएको छ । तनहुँका स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै शनिबार नेता पौडेलले राष्ट्र बचाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभएको छ । ‘राष्ट्र र संविधानलाई बचाउन कांग्रेसले जुनसुकै पार्टीसँग सहकार्य गरी साथमा लिएर अगाडि बढ्न […]

सम्बन्धित सामग्री

पदीय पजनी र चुनावी फोबिया

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सम्बन्धित दुईवटा निकै रमाइला समाचार आए एक÷डेढ हप्ताको अन्तराल पारेर । पहिलो समाचार थियो– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने प्रस्ताव गर्नुभयो । यदि काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाका प्रचण्ड–नेपाल समूहसँग संयुक्त आन्दोलन गरेर प्रतिनिधिसभा पुनःस्थापना गराउन सहयोग गरेको खण्डमा । त्यो समाचारको खण्डन सम्बद्ध कुनै पक्षबाट भएन बरु काँग्रेसका वरिष्ठ नेता पौडेल नेकपाका अध्यक्षद्वय दाहाल– नेपालकै बराबरीमा प्रतिनिधिसभा विघटनविरुद्ध पुनःस्थापनाको पक्षमा उभिन पुग्नुभयो । विघटनप्रति नरम वा कडा के हुने भन्ने विषयमा विवाद हुँदा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच ङ्यारङुर्र नै चलेको समाचार आयो ।