१२ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् । सोमबारबाट ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका […]