ललितपुर – ललितपुर महानगरपालिकाले फुटपाथमा पानीपुरी र चटपटे बेच्न रोक लगाएको छ । हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले आज आइतवारदेखि गाडीमा माइकिङ गरेरै फुटपाथमा पानीपुरी र चटपटे बेच्न रोक लगाएको हो ।
हैजाको जोखिम कोरोना महामारीको जस्तै डर लाग्दो हुने भएकाले बेलैमा सचेत रहन यो काम सुरु गरेको महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि सुरु गरिएको माइकिङ महानगरका २९ वटै वडामा एक हप्तासम्म गरिनेछ । माइकिङमा हैजा कसरी लाग्छ ? यसबाट बच्न के&...