जापानबाट फर्किएर चटपटे र पानीपुरीको व्यापार, मासिक लाख बढी आम्दानी
कोभिड संक्रमणपछि जापानबाट फर्किएर आएका युवाले समेत आफ्नो जीविकाको स्रोत चटपटे र पानीपुरी व्यवसायलाई बनाएका छन् । जाँगर भए स्वदेशमै पसिना बगाएर इज्जतको रोटी खान सकिने यस्ता व्यवसायीहरू बताउँछन् ।
डडेल्धुरा । काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक ४० हजार आर्जन हुने गरेको बताइन् । अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक ४० हजार आर्जन गर्दै आएकी हुन् […]
अमरगढी । काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको बताइन् । अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्दै […]
ललितपुर महानगरले हैजा नियन्त्रण गर्ने भन्दै ठेलागाडा र रिक्सामा पानीपुरी तथा चटपटे व्यापार गर्न रोक लगाएको छ । रामेछाप लिखु गाउँपालिकाकी ३६ वर्षीया टीकामाया श्रेष्ठले ठेला बन्द गरेको ५ दिन बित्यो । महानगरले ठेला राख्न नदिएकै कारण बालकुमारी बसपार्कमै चटपटे र पानीपुरी बेचेर गुजारा चलाइरहेकी गीता साह दम्पतीको पनि व्यापार ठप्प बनेको छ ।
काठमाडौं । हैजा संक्रमण हुनसक्ने भन्दै काठमाडौंका सडकमा चटपटे, पानीपुरी र स्ट्रिट फुड बेच्न काठमाडौं महानगरपालिकाले रोक लगाएको छ । सडकमा मकै बेच्न बसेका दम्पतीलाई नगरप्रहरीले लछारपछार गरिएका दृश्य भाइरल बनिरहेका छन् । पैदलमार्गमा स्ट्रिट फुड व्यापार रोक्न महानगरले गरेको यो कार्यलाई लिएर बहस भइरहेका छन् । र्याप गायन हुँदै महानगर प्रमुखसम्मको यात्रा तय गरेका […]
चैत १९ काठमाडौं । प्रविधिले अहिले हामीलाई धेरै कुरा सजिलो बनाइदिएको छ ।
प्रविधिसँगसँगै विकल्पको छनोट गर्न पनि सजिलो भएको छ । व्यवसायलाई लिएर होस वा अन्य कुरा सिक्नको लागि होस् नयाँ सोच केहि फरक तरिकाले गर्ने प्रयास गर्ने हो भने पक्कै सफलता मिल्छ । उपयुक्त समयमा उचित ठाउँमा आइडिया लगाउन सकेमा त्यसले राम्रो प्रतिफल दिनसक्छ । त्यसको उदाहरण बनेका छन्, २८ वर्षीय दामोदर बस्याल ।
बस्यालको एक आइडियाले फुटपाथमा हुने चटपटे, पानीपुरीको व्यापार बदलिएकाे छ ।
सामान्यतया पानीपुरीको व्यापार चोक- चोकमा गल्लीगल्लीमा नै हुने गरेको देखिन्छ । बनाउनेले जस्तो बनायो त्यस्तै खाने, ग्राहकको स्वस्थ र रुचीलाई ध्यान नदिएरै पनि पानीपुरीको व्यापार भएको पाइन्छ ।
तर, बस्यालले पछिल्लो समय पानीपुरीकाे व्यापार फरक तरिकाले गरेका छन् । करीब - करीब बारकै शैलीमा उनले पानीपुरीको व्यापार शुरु गरेका छन् ।
२०७६ सालमा एमबीएको प्रथम सेमेष्टर पढ्ने बेला एउटा प्रतियाेगिताकाे लागि भारतको गाजियाबाद गएका थिए । साेही बेला बाटो छेउमा विभिन्न स्वादका पानीपुरी बेच्न राखिएको देखेका थिए, बस्यालले ।
त्यसपछि बस्याललाई लाग्याे, ग्राहकको स्वास्थ र रुचीलाई ध्यान दिएर पनि पानीपुरीको व्यापार सकिदो रहेछ । नेपाल फर्केर ग्राहकको रुचीअनुसार फरक- फरक स्वाद र फरक फरक स्वादमा पानीपुरी बनाउन थाले, काठमाडाैंकाे कपनमा । फरक - फरक स्वादकाे पानीपुरी उपलब्ध गराउन थालेपछि माग पनि बढ्न थाल्यो । माग धान्नै हम्मे हुन थाल्याे ।
ग्राहककाे मागअनुसार पानीपुरी बनाउन सक्नुपर्ने अर्काे चुनाैती उनले महशुस गरे । अनि खोज्न थाले पानीपुरी मेकर मेसीन । उनले कतै पाएनन् पानीपुरी बनाउने मेसीन । त्यसपछि आँफै मेसीन बनाउनतिर लागे, उनी । मेसीन बनाउन उनलाई २ वर्ष समय लाग्यो । आखिर उनले बनाएरै छाडे ।
उनले मेसीन बनाउने सबै सामग्री बाहिरबाट आयात गरे । सामान्यतया हामीले पानीपुरी भनेपछि आफैंले पानी राखेर खानुपर्ने बुझ्छाैं । तर बस्यालले बनाएको यो पानीपुरी भने मेसीनको सहायताले मन परेको स्वादमा खान पाइन्छ । मन परेको स्वादका लागि बटम थिचेर आफूले छनाेट गर्न पाइन्छ ।
उनले ७ प्रकारका स्वादका पानीपुरीमध्ये आफुले चाहेको एउटै मेसिनबाट छनाेट गर्नसक्ने बनाएका छन् । एमबीएमा डिग्री हासिल गरेका उनले अहिले कपनमा "पानीपुरी बार" नामबाट व्यवसाय सञ्चानलन गरेका छन् ।
पाल्पाका दामोदर बस्यालले ५ लाख रुपैयाँको लगानीमा शुरु गरेको पानीपुरी बारमा विभिन्न ७ ओटा स्वादका पानीपुरी खान पाइन्छ ।
उनका अनुसार अहिले उनको मासिक आम्दानी मासिक औषत १ लाख ५० हजार रुपैयाँ हुने गरेको छ । प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका जागिरेसमेत रहेका बस्यालले जागिरलाई समेत निरन्तरता दिँदै व्यवसाय सम्हालिरहेका छन् ।
उनका अनुसार इमली, धनियाँ, पुदिना, अधुवा, कागती र तामाको स्वाद भएको पानीपुरी छ । सबै पानीपुरीको झोल मेसिनबाटै पाइन्छ । ग्राहकले आफूलाई मन परेको झोल राखेर पिरोको मात्रा पनि आफैंले रोजेर खानसक्ने उनले बताए । पानीपुरी बारको मुख्य उद्देश्य नै ग्राहकलाई विभिन्न परिकारको पानीपुरी एकै स्टेसनमा दिनसक्नु भएको उनको भनाइ छ ।
पानीपुरी बारमा अहिले दहीपुरी, चटपटे, चकलेटपूरी जस्ता २५ रुपैयाँदेखि १०० रुपैयाँसम्मका विभिन्न परिकार पनि पाइन्छ ।