काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको मत गणना सकिएको छ । ३५ जनाका लागि भएको चुनावमा ९९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।परिणामअनुसार डा. शशांक कोइराला सबैभन्दा धेरै मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहँदै निर्वाचित हुनुभएको छ ।त्यस्तै गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, ...