कांग्रेस खुलातर्फ ३५ जना केन्द्रीय सदस्यको मतगणना शुरू

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमध्ये केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना शुरू भएको छ । मतगणना कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रवार सम्पन्न भएको छ ।  आजदेखि दुई देखि तीन दिनमा सबै केन्द्रीय सदस्यको मतगणना सम्पन्न गरिसक्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले लोकान्तरलाई बताए ।  महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति,...

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा को-को निर्वाचित ? (मतसहित)

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा नौ जना निर्वाचित भएका छन् । सोमबार अबेर सम्पन्न मतगणना अनुसार अम्बिका बस्नेत, डा. आरजु राणा देउवा, ईश्वर पौडेल, डा. डिला संग्रौला, पुष्पा भुसाल,...

केन्द्रीय सदस्य (महिला) खुलातर्फको मतगणना हुँदै

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत  महिलातर्फ केन्द्रीय सदस्य (खुला)पदका उम्मेदवारहरूको मतगणना सुरु भएको छ । आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू भएको हो । आइतबार तोकिएको समयसम्म केहि मतगणना भईसकेकोसमेत कांग्रेस निर्वाचन समितिले जनाएको छ । खुला महिलातर्फ नौ जनाका लागि आरजु राणा देउवा, […]

कांग्रेस केन्द्रीय सदस्य खुला (३५ जना) को मतगणना सुरु

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनको मतगणना सोमबारसम्म सकिने भएको छ। आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु गरिएको छ । बिहान १० बजे सुरु हुने भनिएको मतगणना करिब डेढ घण्टा ढिलो गरि सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले भर्खरै मतणना सुरु भएको निर्वाचन समितिका संयोजक तेजबहादुर […]

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आज

काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ । अहिले बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा चार सय ८७ जनाले उम्मेदवारी दिएका थिए । सहमहामन्त्रीतर्फको मतगणना शुक्रबार राती […]

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु हुँदै

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आज केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ । खुला […]

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना बिहान १० बजेदेखि हुँदै

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमवार भएको निर्वाचनमध्ये शनिवारदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना शुरू हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो १ जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रवार सम्पन्न भएको छ ।  महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभ...

कांग्रेस केन्द्रीय सदस्य खुल्लातर्फको मतगणना भोलि बिहान १० बजेदेखि

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुल्लातर्फको मतगणना भोलि बिहान हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिका सदस्य (खुल्ला तर्फ ३५ जना)का लागि मतगणना शनिवार बिहान १० बजेदेखि हुने जानकारी दिएको हो। समितिले प्रत्येक उम्मेद्वारले आफू वा आफ्नो १ जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन आग्रह…

कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मधेसी (महिला) खुल्ला ४ पदको र प्रदेश नम्बर २ महिला १ पदको मतगणना गरिँदै छ। मधेसी (महिला) खुल्ला ४ पदको लागि पाँच जना प्रतिस्पर्धामा छन्। प्रदेश नम्बर २ महिला १ पदको…

कांग्रेस केन्द्रीय सदस्यको मतगणना आजै हुने

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको केन्द्रीय सदस्य पदको मतगणना पनि आजै हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीको मतगणना सकिएलगत्तै शुक्रबार नै केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने जनाएको छ । समितिको अनुसार सबैभन्दा पहिला मधेसी महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ । मधेसीतर्फबाट ४ पदमा ५ जना उम्मेदवार प्रतिस्पर्धामा […]