कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना बिहान १० बजेदेखि हुँदै

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमवार भएको निर्वाचनमध्ये शनिवारदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना शुरू हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो १ जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रवार सम्पन्न भएको छ ।  महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभ...

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः महिला केन्द्रीय सदस्यको मत गणना ९ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। आइतबार साँझ खुला ३५ जना केन्द्रीय सदस्यको गणना सकिएलगत्तै महिला केन्द्रीय सदस्य (खुला र मधेशी) तर्फको गणना सुरु भएको थियो। सो मतगणना बिहान ९ बजेपछि पुनः गरिँदैछ।

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, महिला र मधेशीको गणना सुरु

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको मतगणना सकिएको छ। हिजो बिहान ११ बजेदेखि जारी मतगणना भर्खरै सकिएको हो।निर्वाचन समितिका एक सदस्यका अनुसार मतगणना सकिएर मत जोड्ने काम भइरहेको छ। खुल्ला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ।खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए। डा. शशांका कोइराला नै सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका बुझिएको छ। खुला तर्फको मतगणना सकिएलगत्तै महिला खुला तथा केन्द्रीय सदस्य म

कांग्रेस केन्द्रीय सदस्य खुला (३५ जना) को मतगणना सुरु

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनको मतगणना सोमबारसम्म सकिने भएको छ। आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु गरिएको छ । बिहान १० बजे सुरु हुने भनिएको मतगणना करिब डेढ घण्टा ढिलो गरि सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले भर्खरै मतणना सुरु भएको निर्वाचन समितिका संयोजक तेजबहादुर […]

कांग्रेसको महिला केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी

पुस ३, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना शुक्रवारदेखि शुरु भएको छ ।  सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि शुरु गरिएको केन्द्रीय सदस्य प्रदेश नं २ (महिला) पदमा चित्रलेखा यादव विजयी भएकी पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गीता चौधरीले एक हजार ८८५ प्राप्त गरेकी समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो ।  कांग्रेस विधानअनुसार प्रत्येक प्रदेशबाट तीन जनाका दरले निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये केन्द्रीय सदस्य प्रदेश नं २ का (पुरुष) दुई पदमा यसअघि नै रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना निर्विरोध निर्वाचित भइसकेका छन् ।    शुक्रवार सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्यको मतगणना शुरु गरिएको हो । आइतवार बिहान १० बजेदेखि खुलातर्फका केन्द्रीय सदस्य (३५) जनाको मतगणना शुरु हुने समितिले जानकारी दिएको छ ।  कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगताबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ । रासस

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना बिहान १० बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य ९खुला तर्फ ३५ जना० को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो ।

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु हुँदै

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आज केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ । खुला […]

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनाकाे तयारी हुँदै

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस...

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, २ भोटले हारे गच्छदार

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य रहेका छन् । यसैगरी खड्का दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार थिए भने गुरुङ सभापति पदका प्रमुख प्रतिष्पर्धी नेता डा शेखर कोइराला ‘प्यानल’को उम्मेदवार थिए ।उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार दुई मतले मात्र पराजित भएका छन् । सभापति देउवा ‘प्यानल’ कै उनले एक हजार ९०६ मत प्राप्त पाएका छन् । समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा चन्द्र भण्डारीले एक हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् । कांग्रेसले विधानतहः उपसभापतिको निर्वाचन पहिलोपटक गरेको हो । यसअघि उपसभापति मनोनीत हुने प्रावधान थियो । सोमबारको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भई आज बिहान १ बजे सम्पन्न भएको थियो । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको हो ।सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पुनः सभापतिमा निर्वाचित भैसकेका छन् ।सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । उपसभापति पदको मतपरिणाम घोषणापछि अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना सुरु गरिने बताइएको छ । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्ता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।