चिनियाँ लगानी र ठेक्काका परियोजनामा विस्फोटक पदार्थ आपूर्तिमा भारतको अवरोध

१६ जेठ, काठमाडौं । भारतले नेपालमा चिनियाँ लगानी र ठेक्काको परियोजनामा विस्फोटक पदार्थ आपूर्ति रोकेको छ । भारतको स्थलमार्ग हुँदै नेपाल भित्रिने विस्फोटक पदार्थमा गरिएको अवरोध थप बढ्दै जाँदा झण्डै आधार दर्जन बढी ठूला उद्योग र विकास परियोजनाहरू अघि बढ्नै नसक्ने अवस्थामा पुगेका छन् । जसमा सरकारको राष्ट्रय गौरवको परियोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गदेखि सिमेन्ट उद्योग र […]

सम्बन्धित सामग्री

भारतले दिन थाल्यो विस्फोटक पदार्थ आयातलाई एनओसी

भारतले स्वदेशी लगानी र ठेकेदार भएका आयोजनाका लागि मात्र विस्फोटक पदार्थ आयात अनुमतिपत्र अर्थात् ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिन थालेको छ । गएको १० दिनयता भारतीय दूतावासले ‘नो अब्जेक्सन सर्टिफिकेट’ दिन थालेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) का उपाध्यक्ष आनन्द चौधरीले बताए । चिनियाँ लगानी र ठेकेदारले निर्माणको जिम्मा लिएकाबाहेक १२ वटा आयोजनाका लागि एनओसी दिइसकेको उनको भनाइ छ ।

विकास आयोजनालाई विस्फोटक पदार्थ दिन भारतको फेरि आनाकानी

भारतले विस्फोटक पदार्थ आयात अनुमतिपत्र अर्थात् ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नदिँदा तीन दर्जनभन्दा बढी जलविद्युत् आयोजना समस्यामा परेका छन् । चिनियाँ लगानी र ठेकेदारले निर्माणको जिम्मा लिएका आयोजनामा झन्डै ६ महिनादेखि विस्फोटक पदार्थ आयातका लागि एनओसी रोकिएको जलविद्युत् आयोजना प्रवर्द्धकहरूले बताएका छन् ।