ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर निष्काशन गर्ने जिम्मा प्रभु क्यापिटलले पायो

प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच बुधबार शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा शेयर निष्काशन गर्नको लागि एक कार्यक्रम आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रभु विक्री प्रबन्ध बनेको सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्सको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

सम्बन्धित सामग्री

टक्सार पिखुवाखोल हाइड्रोपावरको शेयर निष्काशन गर्न प्रभु क्यापिटलले पायो जिम्मा

टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले शेयर निष्काशन गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौतार आइतबार सम्पन्न भएको हो ।सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक  नरेन्द्र बल्लभ पन्त  तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । कम्पनीले भोजपुरको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ

ईङवा हाइड्रोपावर शेयर निष्काशनको जिम्मा  नेपाल एसबिआई मर्चेण्टलाई

ईङवा हाइड्रोपावर लिमिटेडकोसाधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन तथा बिक्रीको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले पाएको छ ।  प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९,६०,००० कित्ता शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट नियुक्त भएको हो । ईङवा हाइड्रोपावरको कार्यालय थापाथलीमा आयोजित एक समारोहबिच मर्चेण्टका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवाको तर्फबाट सञ्चालकसतिश न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्ध

एनसीसी बैंकको हकप्रद निष्काशनको जिम्मा सनराइज क्यापिटललाई

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आफ्नो हकप्रद सेयर निश्कासन तथा बिक्री प्रवन्धकको रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीको उन्नाईसौं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम सेयरधनीहरुकोे लागि २ बराबर १ कित्ता सेयर अर्थात चुक्ता पुँजीको ५० प्रतिशतले हुने २,३३,९५,२९१ कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि सन्राइज क्यापिटललाई नियुक्त गरेको हो। सम्झौतामा एनसीसीका तर्फबाट प्रमुख…