काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण विस्थापित भएकाहरुलाई बसोबासको समस्या भएको छ । शनिवारदेखि आएको बाढीका कारण विस्थापित भएकालाई बस्ने ठाउँको समस्या भएको हो । बर्खाको समय भएकाले सुरक्षित बासको समस्या भोगिरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो।
प्रभावितले आफ्ना सामानहरु सडकमा नै अलपत्र अवस्थामा राखेका छन् । बाढीले अहिले पनि कटान गरिहेकाले जोखिम कम नभएको मेयर अर्यालले बताउनुभयो । मेलम्ची नगरपालिकाको वडा नम्बर ६ को तालामाराङका केही घर गएराति बगाएको छ भने एउटा गु...