मेलम्ची बाढी प्रभावितलाई खोपको व्यवस्था गर्न माग

काठमाडौं : नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको हेलम्बु मेलम्ची बाढी प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेका छन्। बिहिबारको संसद बैठकमा बोल्दै सांसद तामाङले भने, 'पूर्ववर्ती सरकारले मेलम्ची बाढी प्रभावितलाई खोप लगाउने निर्णय गरेको थियो। अहिलेको सरकारले त्यो निर्णय कार्यान्वयन गराइ दिनुहोस्।' पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका तामाङले शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो सरकारको भन्दा कोरोना नियन्त्रण र खोप खरिदमा प्रक्रिया अगाडि नबढाएको आराेपसमेत लगाए