सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–२, रातोपुलकी मीना आचार्यलाई मेलम्ची नदीमा फेरि यस्तो बाढी आउला भन्ने पूर्वानुमान थिएन। मेलम्ची नदीको कटान रोक्न निर्माण गरिएको ग्याबिन जालीको पर्खालप्रति उनको विश्वास थियो। तर, ग्याबिन जालीको पर्खाल एक महिनाअघि आएको बाढीले क्षणभरमै बगायो। उनको छिमेकीले व्यक्तिगत तवरले बनाएको आरसिसी पर्खालले गर्दा बाढीले उनीहरुको बस्तीलाई क्षति पुर्याउन सकेन। तथापि, उनीहरुको बस्ती र […]