नेपाल आयल निगम र ग्यास उद्योगीले उपभोक्तामा चेतना अभिवृद्धि नगरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। नियामक निकायको गैरजिम्मेवारीले दुर्घटना हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले आयल निगम तत्काल कुनै पनि हालतमा निजीकरणमा नजाने बताएका छन्। नेपाल एलपी ग्यास उद्योग संघको शनिवार भएको २७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बडूले निगम कुनै पनि हालतमा निजीकरण नहुने बताएका हुन्।
बडूले यसअघि पेट्रोलियम पदार्थको आपूर्तिमा निगमको एकाधिकार हट्नुपर्ने बताउँदै…
उद्योगी भन्छन्– दैनिक एक लाख २५ हजारका दरले ग्यास सिलिन्डर बजारमा गएको छ ।
विक्रेता भन्छन्– उपभोक्ताले स्टक राख्दा समस्या थपिएको हो ।
निगम भन्छ– आपूर्तिमा समस्या छैन, अहिलेको समस्या उद्योगीले आन्दोलन गर्दाकै बखतको...
काठमाडौं । नेपाल आयल निगमले सामान्य अवस्थाको तुलनामा अचेल झन्डै दोब्बर ग्यास आपूर्ति गरिरहेको छ । सामान्य अवस्थामा दैनिक औसत ७० बुलेटसम्म आपूर्ति हुने गरेकोमा निगमले अहिले दैनिक औसत १३५ बुलेटसम्म ग्यास आपूर्ति गरिरहेको छ । उद्योगले पनि उत्पादन बढाएको अनुगमनको क्रममा देखिएको छ । तर, बजारमा अभाव छ । एक सिलिन्डर ग्यास लिन १ हप्तासम्म कुर्नुपरेको उपभोक्ताको गुनासो छ ।
निगमको ग्यास वितरण विभाग प्रमुख नेत्र काफ्लेका अनुसार अहिले ग्यास उपभोगको हिसाबले अफसिजन हो । गर्मीमा ग्यासको खपत तुलनात्मक रूपमा कम हुने भएकाले विगतमा यो बेला दैनिक ७० देखि ८० बुलेट ग्यासका लागि उद्योगीले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) लिन्थे । गत ६ चैतदेखि ग्यास उद्योगीले ढुवानी भाडा बढाउन माग गर्दै पीडीओ नउठाउँदा ग्यास आपूर्तिमा समस्या आएको थियो । १९ चैतसम्म पीडीओ नलिएका उद्योगीले २० चैतदेखि लिन थाले ।
त्यसपछि सामान्य अवस्थाको तुलनामा झन्डै दोब्बर पीडीओ उठाइरहेका छन् । निगमका अनुसार ग्यास उद्योगीले दैनिक १२५ देखि १३५ बुलेटसम्मको पीडीओ उठाइरहेका छन् । तर, उपभोक्ताले सहजै पाइरहेका छैनन् । काठमाडौंको बबरमहलमा बसोवास गर्ने श्रमन श्रेष्ठले १ सातासम्म ग्यास नपाएपछि सम्बन्धको आधारमा आरुबारीबाट ल्याएको बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पनि ग्यास नपाएका गुनासाहरू दैनिक आइरहेका छन् । विभागका सहायक सूचना अधिकारी धनेश्वर पौडेलका अनुसार विभागमा अहिले दैनिक औसत २ देखि ३ ओटा ग्यास नपाएका गुनासा आइरहेका छन् ।
निगमले पनि बजारमा ग्यास सहजै पाउन नसकेको स्वीकार गरेको छ । निगम ग्यास वितरण विभाग प्रमुख काफ्लेले उपभोक्ताप्रति उद्योगी/व्यवसायी उत्तरदायी नभएका कारण ग्यास अभाव भएको बताए । ‘व्यवसायीको मनस्थिति उपभोक्ताप्रति उत्तरदायी भएको देखिएन,’ उनले भने, ‘व्यापारीहरू उपभोक्ताप्रति उत्तरदायी भएका हुन्थे भने उनीहरूले यथार्थ कुरा गर्थे ।’
निगमले ग्यास आपूर्ति बढाएको तर बजारमा अभाव रहेको ग्यास उद्योगीले पनि स्वीकार गरेका छन् । एलपी ग्यास उद्योग संघका महासचिव कृष्णभक्त श्रेष्ठले ग्यास आपूर्ति दैनिक सय बुलेटभन्दा माथि रहे पनि आपूर्ति सहज नरहेको बताए । ‘ग्यासको सर्टेज छैन । अलिअलि कम भएको मात्रै हो,’ उनले भने, ‘अस्ति ट्रान्सपोर्टेशनको भाडा नपुगेर ८/१० दिन लोडिङ बन्द भयो । त्यसबीचको ग्यापका कारण अलिकति अभाव देखिएको हो ।’ यसअघि सामान्य अवस्थामा ७० देखि ८० बुलेट ग्यास दैनिक आयात हुने गरेकोमा अहिले १२० बुलेटसम्म ग्यास आयात भइरहेको र आयातित सबै ग्यास बजारमा पठाइएको उनी बताउँछन् ।
तर, विक्रेताले भने बजारमा सामान्य अवस्थाकै हाराहारीमा ग्यास आइरहेको र तुलनात्मक रूपमा बढी नआएको बताएका छन् । ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले सामान्य अवस्थामा एउटा ग्यास डिलरमा एउटा उद्योगबाट दैनिक औसत एक गाडी ग्यास आउने गरेकोमा अहिले पनि त्यत्ति नै आइरहेको बताए ।
उद्योगबाट विक्रेतासम्म पुग्ने ग्यासको परिमाणमा फरक नपरेको उनको भनाइ छ । ग्यास मूल्य बढ्ने र अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने हल्ला बढी भएकाले उपभोक्ताले मौज्दात राख्न खोजेको थापाले बताए । ‘ग्यासमा आयल निगमलाई घाटा छ भन्ने कुरा बाहिर आइरहेको छ । भाउ बढ्ने र अभाव हुने डरमा उपभोक्ताले मौज्दात राख्न खोज्दा आपूर्तिमा समस्या आएको अनुमान गर्न सकिन्छ,’ उनले भने । निगमले ग्यासको मूल्य बढाउने आशमा उद्योगीले बढी ग्यास किनेर विक्रेतासम्म नपठाउने गरेको आशंका उपभोक्ता अधिकारकर्मीको छ । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बढेको मूल्यमा विक्री गर्ने उद्देश्यले उद्योगी, व्यवसायीले ग्यास लुकाइरहेको आरोप लगाए । ‘अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्छ र यता पनि बढाउँला भनेर उद्योगी र डिलरले ग्यास लुकाइरहेका छन्,’ महर्जनले भने ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासकेन्द्रित अनुगमन शुरू गरिएको बताएको छ । विभागका सहायक सूचना अधिकारी पौडेलले सोमवार एभरेष्ट ग्यासमा अनुगमन गर्दा उसको उत्पादन बढेको बताए । ‘एभरेष्ट ग्यासले सामान्य अवस्थामा दैनिक ४ हजार सिलिन्डरसम्म ग्यास उत्पादन गरिरहेकोमा अहिले ६ हजार सिलिन्डरसम्म उत्पादन गरिरहेको देखियो,’ उनले भने, ‘उसले बजारमा पठाएको देखिएकाले डिलरहरूले लुकाए कि भन्ने आशंका छ । सबै डिलरमा पुग्न पाइएको छैन ।
खाना पकाउन प्रयोग गरिने ग्यासमा देखिएको समस्या ४–५ दिनमा समाधान हुने नेपाल आयल निगमले जनाएको छ। व्यवसायीहरूले केहि दिन भारतबाट ग्यास आयात रोकेका कारण समस्या देखिएको निगमले जनाएको छ।
निगमका अनुसार...
काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास अभाव नहुने बताएको छ। केही दिनअघि एलपी ग्यास उद्योग संघले सिलिन्डर भरिहाल्न सर्वसाधारणलाई भनेको थियो। संघले ग्यास अभाव हुन सक्ने बताएपछि सर्वसाधारण आत्तिएर सिलिन्डर मौज्दात गर्न थालेका थिए। तर, निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले आवश्यक्ताअनुसार ग्यास आइरहेको जानकारी दिए। उनले भने, ‘हामीसँग २१ दिनलाई पुग्ने मौज्दात पनि छ।’
काठमाडौं । गत शुक्रबार नेपाल एलपी ग्यास उद्योग संघले आम उपभोक्ताको ध्यानाकर्षण गर्दै एउटा विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा भनिएको थियो, ‘कोरोना महामारीका कारण भविष्यमा ग्यासको आपूर्ति प्रणालीमै असहज स्थिति आउन सक्ने भएकाले जति सक्दो चाँडो आफूसँग भएको खाली सिलिन्डर भर्न नेपाल एलपी ग्यास संघ आम उपभोक्तालाई आग्रह गर्दछ’ ।तर, संघले भनेजस्तो हालसम्म बजारमा ग्यासको कुनै अभाव देखिएको छैन । त्यसो त हालका लागि मात्र नभएर भविष्यमा समेत ग्यास आपूर्तिमा कुनै समस्या नआउने नेपाल आयाल निगमले प्रष्ट
काठमाडौँ । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ ।नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको जानकारी दिए ।यसअघि नेपाल आयल निगम र भारतीय आयल निगमले संयुक्त रूपमा अध्ययन गरी सोको प्रतिवेदन निगमलाई बुझाइसकेक