कहाँ हराउँछ ग्यास ?

काठमाडौं । नेपाल आयल निगमले सामान्य अवस्थाको तुलनामा अचेल झन्डै दोब्बर ग्यास आपूर्ति गरिरहेको छ । सामान्य अवस्थामा दैनिक औसत ७० बुलेटसम्म आपूर्ति हुने गरेकोमा निगमले अहिले दैनिक औसत १३५ बुलेटसम्म ग्यास आपूर्ति गरिरहेको छ । उद्योगले पनि उत्पादन बढाएको अनुगमनको क्रममा देखिएको छ । तर, बजारमा अभाव छ । एक सिलिन्डर ग्यास लिन १ हप्तासम्म कुर्नुपरेको उपभोक्ताको गुनासो छ । निगमको ग्यास वितरण विभाग प्रमुख नेत्र काफ्लेका अनुसार अहिले ग्यास उपभोगको हिसाबले अफसिजन हो । गर्मीमा ग्यासको खपत तुलनात्मक रूपमा कम हुने भएकाले विगतमा यो बेला दैनिक ७० देखि ८० बुलेट ग्यासका लागि उद्योगीले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) लिन्थे । गत ६ चैतदेखि ग्यास उद्योगीले ढुवानी भाडा बढाउन माग गर्दै पीडीओ नउठाउँदा ग्यास आपूर्तिमा समस्या आएको थियो । १९ चैतसम्म पीडीओ नलिएका उद्योगीले २० चैतदेखि लिन थाले । त्यसपछि सामान्य अवस्थाको तुलनामा झन्डै दोब्बर पीडीओ उठाइरहेका छन् । निगमका अनुसार ग्यास उद्योगीले दैनिक १२५ देखि १३५ बुलेटसम्मको पीडीओ उठाइरहेका छन् । तर, उपभोक्ताले सहजै पाइरहेका छैनन् । काठमाडौंको बबरमहलमा बसोवास गर्ने श्रमन श्रेष्ठले १ सातासम्म ग्यास नपाएपछि सम्बन्धको आधारमा आरुबारीबाट ल्याएको बताए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पनि ग्यास नपाएका गुनासाहरू दैनिक आइरहेका छन् । विभागका सहायक सूचना अधिकारी धनेश्वर पौडेलका अनुसार विभागमा अहिले दैनिक औसत २ देखि ३ ओटा ग्यास नपाएका गुनासा आइरहेका छन् । निगमले पनि बजारमा ग्यास सहजै पाउन नसकेको स्वीकार गरेको छ । निगम ग्यास वितरण विभाग प्रमुख काफ्लेले उपभोक्ताप्रति उद्योगी/व्यवसायी उत्तरदायी नभएका कारण ग्यास अभाव भएको बताए । ‘व्यवसायीको मनस्थिति उपभोक्ताप्रति उत्तरदायी भएको देखिएन,’ उनले भने, ‘व्यापारीहरू उपभोक्ताप्रति उत्तरदायी भएका हुन्थे भने उनीहरूले यथार्थ कुरा गर्थे ।’ निगमले ग्यास आपूर्ति बढाएको तर बजारमा अभाव रहेको ग्यास उद्योगीले पनि स्वीकार गरेका छन् । एलपी ग्यास उद्योग संघका महासचिव कृष्णभक्त श्रेष्ठले ग्यास आपूर्ति दैनिक सय बुलेटभन्दा माथि रहे पनि आपूर्ति सहज नरहेको बताए । ‘ग्यासको सर्टेज छैन । अलिअलि कम भएको मात्रै हो,’ उनले भने, ‘अस्ति ट्रान्सपोर्टेशनको भाडा नपुगेर ८/१० दिन लोडिङ बन्द भयो । त्यसबीचको ग्यापका कारण अलिकति अभाव देखिएको हो ।’ यसअघि सामान्य अवस्थामा ७० देखि ८० बुलेट ग्यास दैनिक आयात हुने गरेकोमा अहिले १२० बुलेटसम्म ग्यास आयात भइरहेको र आयातित सबै ग्यास बजारमा पठाइएको उनी बताउँछन् । तर, विक्रेताले भने बजारमा सामान्य अवस्थाकै हाराहारीमा ग्यास आइरहेको र तुलनात्मक रूपमा बढी नआएको बताएका छन् । ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले सामान्य अवस्थामा एउटा ग्यास डिलरमा एउटा उद्योगबाट दैनिक औसत एक गाडी ग्यास आउने गरेकोमा अहिले पनि त्यत्ति नै आइरहेको बताए । उद्योगबाट विक्रेतासम्म पुग्ने ग्यासको परिमाणमा फरक नपरेको उनको भनाइ छ । ग्यास मूल्य बढ्ने र अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने हल्ला बढी भएकाले उपभोक्ताले मौज्दात राख्न खोजेको थापाले बताए । ‘ग्यासमा आयल निगमलाई घाटा छ भन्ने कुरा बाहिर आइरहेको छ । भाउ बढ्ने र अभाव हुने डरमा उपभोक्ताले मौज्दात राख्न खोज्दा आपूर्तिमा समस्या आएको अनुमान गर्न सकिन्छ,’ उनले भने । निगमले ग्यासको मूल्य बढाउने आशमा उद्योगीले बढी ग्यास किनेर विक्रेतासम्म नपठाउने गरेको आशंका उपभोक्ता अधिकारकर्मीको छ । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बढेको मूल्यमा विक्री गर्ने उद्देश्यले उद्योगी, व्यवसायीले ग्यास लुकाइरहेको आरोप लगाए । ‘अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्छ र यता पनि बढाउँला भनेर उद्योगी र डिलरले ग्यास लुकाइरहेका छन्,’ महर्जनले भने । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासकेन्द्रित अनुगमन शुरू गरिएको बताएको छ । विभागका सहायक सूचना अधिकारी पौडेलले सोमवार एभरेष्ट ग्यासमा अनुगमन गर्दा उसको उत्पादन बढेको बताए । ‘एभरेष्ट ग्यासले सामान्य अवस्थामा दैनिक ४ हजार सिलिन्डरसम्म ग्यास उत्पादन गरिरहेकोमा अहिले ६ हजार सिलिन्डरसम्म उत्पादन गरिरहेको देखियो,’ उनले भने, ‘उसले बजारमा पठाएको देखिएकाले डिलरहरूले लुकाए कि भन्ने आशंका छ । सबै डिलरमा पुग्न पाइएको छैन ।

सम्बन्धित सामग्री

ग्यास सिलिण्डरको आयु कति ? यसरी थाहा पाऔं ?

काठमाडौं। हामीले प्रयोग गरीरहेको ग्यास सिलिण्डरको आयु कति होला ? यो विषयमा हामीले सायदै सोच्ने गरेका छौं। तर पछिल्लो समय ग्यास सिलिण्डर पड्केर वा ग्यासकै कारण हुने दुर्घटना बढेपछि ग्यास सिलिण्डरको आयुको सम्वन्धमा समेत बहस बढ्न थालेको छ। त्यसो भए ग्यास सिलिण्डरको आयु कति हुन्छ , त ? विज्ञहरुका अनुसार ग्यास सिलिण्डरको आयु पत्ता लगाउने उपाय यस्तो छ।

सिंहदरबारमा अझै ग्यास सिलिन्डर प्रयोग

ग्यास सिलिन्डर विस्थापन गर्ने सरकारको घोषणा असफल तोकिएकै म्यादमा सिंहदरबार परिसरबाट ग्यास सिलिन्डरलाई विद्युतीय चुलोले विस्थापन गर्र्न सरकार असफल भएको छ । सरकारले चालू आर्थिक वर्ष ०७९÷८० को बजेटमार्फत साउनभित्रै सिंहदरबार परिसरबाट...

फोहोरबाट मिथेन ग्यास उत्पादन

झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन ।  यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ ।  यो परियोजनाबाट दैनिक दुई हजार पाँच सयदेखि दुई हजार छ सय केजी ग्यास उत्पादन भइरहेको छ र यसलाई जलाएर उत्पादन क्षेत्रमा नै...

फोहोरबाट मिथेन ग्यास उत्पादन

झापा, साउन १७ । झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ । यो परियोजनाबाट दैनिक दुई हजार पाँच सयदेखि दुई हजार छ […]

फोहोरबाट मिथेन ग्यास उत्पादन

झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन ।  यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ । यो परियोजनाबाट दैनिक दुई हजार पाँच सयदेखि दुई हजार छ सय केजी ग्यास उत्पादन भइरहेको छ र यसलाई जलाएर उत्पादन क्षेत्रमा नै नष्ट गराइँदै आएको हो । विस्तृत परियोजना प्रतिवेदनअनुसार दमक बजार क्षेत्रमा पाइपलाइन निर्माण गरेर तीन हजार घरपरिवारम

कहाँ हराउँछ ग्यास?

काठमाडौं, बैशाख ७ । नेपाल आयल निगमले सामान्य अवस्थाको तुलनामा अचेल झन्डै दोब्बर ग्यास आपूर्ति गरिरहेको छ । सामान्य अवस्थामा दैनिक औसत ७० बुलेटसम्म आपूर्ति हुने गरेकोमा निगमले अहिले दैनिक औसत १३५ बुलेटसम्म ग्यास आपूर्ति गरिरहेको छ । उद्योगले पनि उत्पादन बढाएको अनुगमनको क्रममा देखिएको छ । तर, बजारमा अभाव छ । एक सिलिन्डर ग्यास […]

घाेराहीमा फाेहरबाट ग्यास उत्पादन सुरु

दाङ –  दाङको घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको छ । घोराही उपमहानगरपालिका १६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको नेपाल ऊर्जा विकास कम्पनी प्रालीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । अहिले दैनिक तीन सय घनमिटर ग्यास उत्पादन हुने गरेको छ । अहिले कम फोहर भएर ग्यास उत्पादन कम भएको हो र केही समय फोहर धेरै राखेर ग्यास उत्पादन वृद्धि गरिने उहाँले बताउनुभयो । अहिले नगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ । उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घर–घरसम्म पुर्...

गुणस्तरहीन ग्यास उत्पादन गर्ने ग्यास उद्योगलाई कारबाही

नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालिलाई विभागले कारबाही गरेको हो । विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तरबमोजिम नपाइएको भन्दै श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको हो । विभागले प्रालिलाई एलपिजी बोटलिङको काममा समेत रोक लगाएको जनाएको छ ।प्रयोगशालामा वस्तुको नमूना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नरहेको भन्दै नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको विभागले जन

कामले अत्यावश्यक, व्यवहारमा छैन : ग्यास व्यवसायी

काठमाडौं। एलपी ग्यास व्यवसायीले आफूहरु सरकारको प्राथमिकतामा नपरेको बताएका छन्। ग्यास अत्यावश्यक वस्तुहरुको सूचीमा परेपनि व्यवसायी र कर्मचारी प्राथमिकतामा नपरेको बताएका हुन्। अत्यावश्यक वस्तुको व्यापार/व्यवसायलाई राज्यले नबुझेको उनीहरुले भनाई छ। हालसम्म सरकारले ग्यास व्यवसायीलाई खोप लगाउने निर्णय गरेको छैन।

पाइपलाइनबाट घर घरमा ग्यास

दाङको घोराहीमा आगामी साउनदेखि पाइपलाइनमार्फत घर घरमा ग्यास वितरण गरिने भएको छ । फोहोरबाट उत्पादन गरिएको ग्यास ३ महिनाभित्र घर घरमा पाइपलाइनमार्फत पु-याइने भएको हो । अहिले फोहोरबाट ग्यास उत्पादन गर्नका लागि मेकानिकल काम सकिएको नेपाल उर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । “३ महिनापछि हामीले घर घरमा पाइपमार्फत ग्यास पु-याउने छौं” श्रेष्ठले […]