नेपाल आयल निगम सञ्चालक समितिले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढी प्रभावितहरूलाई ग्यास सिलिन्डर तथा खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवम् निगमका अध्यक्ष दिनेश भट्टराई, निगमका पदाधिकारीहरू तथा निगममा क्रियाशिल ट्रेड युनियनका पदाधिकारीहरूले सो सहयोग गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
उनका अनुसार, प्रत्येक पीडितलाई एक एक थान ग्यास सिलिन्डर र जिल्ला समन्वय समितिको अनुरोधमा ३० वटा ग्यास चुलो तथा केही खाद्यान्न सामाग्री वितरण गरिएको छ ।...