सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज शुक्रबारबाट लागु हुनेगरी अतिरिक्त मुख्य अनुसन्धान निर्देशक खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।