काठमाडौं, २१ पौष । मन्त्रिपरिषदको बैठकले गुप्तचर प्रमुखको टुंगो लगाउने भएको छ । आज बस्ने बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखको टुंगो लगाउने भएको हो । प्रधानमन्त्री कार्यालय मातहतको राअविको प्रमुखमा यदु खरेलको बढुवा हुने बुझिएको छ । उनलाई २४ पौषबाट बढुवा हुने गरी निर्णय हुन लागेको बुझिएको छ । खरेलको कार्यकाल ९ महिनाको हुनेछ । […]