रुपन्देही । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको आगामी जेठ १७ गते हुने उपनिर्वाचन कार्यक्रम स्वीकृत गरिएको छ । कार्यक्रमअनुसार जेठ ४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र उम्मेदवारको सूची प्रकाशन गरिने छ ।त्यसअघि जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावी विरोधको उजूरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरीमाथि छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।आयोगका अनुसार जेठ ५, ६ र ७ गते उम्