काठमाडौँ : राष्ट्रियसभा सदस्यको निर्वाचन आउँदो माघ ११ गते हुँदै छ। निर्वाचनको तयारी तीव्र भइरहेको छ। राष्ट्रियसभा सदस्य उम्मेदवारले मनोनयनपत्रका साथ तोकिएका कागजातहरू पेश गर्नुपर्ने हुन्छ।राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम यही पुस २३ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।निर्वाचनमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७६ र राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिक