राष्ट्रियसभा सदस्य निर्वाचन : बागमती प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । निर्वाचन कार्यक्रम संचालनका लागी बिहिबार बिहान एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी दुईजनाको पद रिक्त हुँदैछ । रिक्त रहेको सो पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम तोकिएको छ

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ ।  निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ बमोजिम तीन लाख पचास हजारसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । आयोगले आज निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको हो । उक्त खर्च मतदाता नामावली खरीद, सवारीसाधन तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगले जनाएको छ ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज विज्ञप्ति जारी गरी उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन निर्देश गरिएको जनाएका छन् ।  निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले सूचित गरेको छ ।  उन्नाइस सदस्यीय पदका लागि हुने निर्वाचनका लागि सातै प्रदेशमा ५१ उम्मेदवार कायम रहेका छन् । ती उम्मेदवारलाई आयोगले शनिवार निर्वाचन चिह्न वितरण गरिसकेको छ । रासस

राष्ट्रियसभा निर्वाचन: गण्डकीमा ३ सिटमा चुनाव हुने - NepaliPatra

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा निर्वाचन हुने भएको छ । आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा दुई सय ३० जना मतदाता रहेका छन् । निर्वाचनको तयारीका लागि प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । यसैगरी अन्तिम मतदाता नामावली प्रकाशनलगायत तयारी काम अघि बढाइएको निर्वाचन अधिकृतको […]

राष्ट्रियसभा निर्वाचनको लागि दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रुपन्देही । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० का लागि घोराहीमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना […]

पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो । ती अधिकृतले सम्बन्धित …

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले यही मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम राखेको छ।राजनीतिक दल दर्ता भएपछि पुस १ गते दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगले जनाएको छ। स्वीकृत कार्यतालिका अनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको

राष्ट्रियसभा सदस्य निर्वाचनः बागमतीका उम्मेदवारलाई दलकै चुनाव चिन्ह

राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आइतबार प्रदेशबाट उम्मेदवारी दिएका ६ जना उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । श्रेष्ठले उम्मेदवारको प्रतिनिधिहरुको रोहवरमा उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । उम्मेदवारहरूलाई सम्बन्धित दल कै चुनाव चिन्ह प्रदान गरेको छ ।कार्यालयले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि नेपा

राष्ट्रियसभा उपनिर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि वाग्मती प्रदेशको हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना (एक जना जगेडासमेत) जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सर...